कञ्चपुरमा नौ हजार बढी मतदाता थपिए  « Khabarhub

कञ्चपुरमा नौ हजार बढी मतदाता थपिए 


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरमा नौ हजार आठ सय २८ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले असार महिनादेखि साउनको १९ गतेसम्म प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन गरेको हो ।

जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय त्रिभुवनबस्ती र जिल्ला निर्वाचन कार्यालयमार्फत मतदाता नामावली संकलन गरिएको जिल्ला निर्वाचन अधिकृत उदयराज जोशीले बताए । उनका अनुसार नयाँ थप भएका मतदातामा महिला चार हजार नौ सय ६६ र पुरुष मतदाता चार हजार आठ सय ६२ रहेका छन । 

 यसअघि जिल्लामा दुई लाख ९५ हजार तीन सय ५४ कूल मतदाता रहेका थिए । थप नयाँ सहित मतदाता सङ्ख्या तीन लाख पाँच हजार एक सय ८२ पुगेको छ । ‘प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणासँगै मतदाता नामावली संकलनको कार्य स्थगित गरिएको छ’, अधिकृत जोशीले भने , ‘केही दिनभित्रै मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्छौँ ।

यसमा नाम सच्याउने, ठेगाना सार्ने, मृत्यु भएका मतदाताको नामावली हटाउने लगायतका कार्य हुने छन् ।’  

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ५ : ०१ बजे

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,