एक हजार भन्दा बढीले लिए निःशुल्क स्वास्थ्य सेवा « Khabarhub

एक हजार भन्दा बढीले लिए निःशुल्क स्वास्थ्य सेवा


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको भीमसेन थापा गाउँपालिकाभित्रका एक हजार भन्दा बढी ज्येष्ठ तथा अशक्त नागरिकले घरमै निःशुल्क स्वास्थ्य उपचार सेवा लिएका छन् । 

गाउँपालिकाले सुरु गरेको ज्येष्ठ तथा अशक्त नागरिक घरदैलो स्वास्थ्य सेवा कार्यक्रमबाट पालिकाभित्रका एक हजार एक सय दुई जना लक्षित वर्गले निःशुल्क स्वास्थ्य उपचार सेवा लिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिए । 

स्वास्थ्य सेवा लिएकामध्ये छ सय ५६ महिला र चार सय ४६ पुरुष रहेको उनले बताए । त्यसबाहेक स्वास्थ्य उपचार सेवा लिएकामा थाइराइड, मुटुरोग तथा मिर्गौला रोगका समस्या भएकाहरू समेत रहेको पाइएको उनले बताए । कार्यक्रम अन्तर्गत असार महिनामा पहिलो पटक पालिकाभित्रका सबै वडामा पुगेर स्वास्थ्य परीक्षण गर्दा ज्येष्ठ तथा अशक्त नागरिकमध्ये २६८ जनामा उच्च रक्तचाप भएको पाइएको स्वास्थ्य शाखा प्रमुख खनालले बताए । त्यसबाहेक लक्षित अन्य ६०५ जनाको पनि स्वास्थ्यपरीक्षण गरिएको शाखा प्रमुख खनालले बताए ।

‘अबदेखि हरेक महिना निरन्तर ज्येष्ठ तथा अशक्त नागरिक घरदैलोमा पुगेर नियमित स्वास्थ्यपरीक्षण गछौँ’, उनले भने । नियमित रुपमा औषधि सेवन गर्नुपर्ने बिरामीलाई आवश्यकता आधारमा औषधिसमेत उपलब्ध गराउने व्यवस्था गरिएको छ । कार्यक्रमबाट पालिकाभित्र बसोबास गर्ने ज्येष्ठ तथा अशक्त नागरिकको पहिचानसँगै उनीहरुको स्वास्थ्य अवस्था नियमित जानकारी लिन सजिलो भएको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराको भनाइ छ । 

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ५ : १२ बजे

भोटेकोशी बाढीः ९३९ जनाको शव फेला, तीन हजार ९२५ अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बेत्रावतीको एउटै घरभित्र भेटिए २२ वटा शव

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र २२

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ १६ गते मंगलबार सन् २०२६