सिक्री लुटपाट गर्ने एक जना पक्राउ « Khabarhub

सिक्री लुटपाट गर्ने एक जना पक्राउ


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीले सिक्री लुटपाट गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले सिक्री लुटपाट गरी भाग्दै गरेका अवस्थामा काठमाडौँ माछापोखरी बस्ने सुनसरी धरान उपमहानगरपालिका–८ का २८ वर्षीय ज्ञानेन्द्र सेञ्चुरीलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ ज्ञानेन्द्रले काठमाडौँको माछापोखरी बस्ने नुवाकोटकी ५९ वर्षीया एक महिलाले घाँटीमा लगाएको पहेँलो धातुको सिक्री लुटेर फरार भएका थिए । उनलाई प्रहरीले टोखा नगरपालिका–८ जाल्पाचोकबाट पक्राउ गरेको हो । प्रहरीले ज्ञानेन्द्रसँग तीन थान सिक्रीसमेत बरामद गरेको छ । 

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ६ : १७ बजे

आदिवासी जनजाति महासङ्घ, सङ्घीय परिषद् सचिवालय नेतृत्वको औपचारिक घोषणा 

काठमाडौं- नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले आफ्नो २१ सदस्यीय

भदौयता लेक लागेर चार विदेशीसहित सात पर्यटकको मृत्यु

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा पर्वतीय ‘हाई अल्टिच्युड’ का कारण लेक

प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले सुरु गर्‍यो पत्रकार लेखनवृत्ति कार्यक्रम

गण्डकी– गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको प्रेस रजिष्ट्रारको कार्यालयले पत्रकार लेखनवृत्ति

गुरुङ समुदायमा ट्होटेँको उल्लास

गण्डकी– गण्डक क्षेत्रका गुरुङ समुदायले आफ्नो पुस्तैनी पर्व ट्होटेँलाई आज