सत्ता गठबन्धनको कार्यदल संयोजकमा सिटौला « Khabarhub

सत्ता गठबन्धनको कार्यदल संयोजकमा सिटौला


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ दलको सिट बाँडफाँड सम्बन्धी गठित कार्यदलको पहिलो बैठक सकिएको छ ।

आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँडको खाका तयार पार्न गठित कार्यदलको पहिलो बैठक सोमबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो । बैठकले कार्यदलको संयोजकमा कांग्रेस नेता कृष्ण प्रसाद सिटौलालाई तोकेको छ ।

बैठकमा सिट बाँडफाँडबारे सामान्य छलफल भएको छ । स्थानीय तहमा जस्तै पहिले जितेका क्षेत्रमा सोही पार्टीले लिने निर्णय गरिएको एक नेताले बताए । ‘कांग्रेसले जितेको क्षेत्र कांग्रेसले नै लिने, माओवादीले पहिला जितेको माओवादीले नै लिने, नेकपा एस र जसपाको हकमा पनि यही नियम लागु हुनेछ ।

एमालेले जितेको क्षेत्र भने बाँड्ने सहमति भएको छ,’ स्रोतले भन्यो । एमालेले जितेको बाँडफाँड गर्दा सबैभन्दा धेरै कांग्रेसले लिने, यसो हुँदा कांग्रेस जम्माजम्मी ७० देखि ८० भित्र सीमित रहनुपर्ने निर्णय गरिएको छ । तर, कांग्रेस भने आफू ८० देखि ९० सिट पाउनुपर्नेमा अडिग रहेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ६ : ३७ बजे

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर