गोसाइँकुण्ड पुग्ने यात्रुको उपचारार्थ स्वास्थ्य शिविर सञ्चालन | Khabarhub Khabarhub

गोसाइँकुण्ड पुग्ने यात्रुको उपचारार्थ स्वास्थ्य शिविर सञ्चालन


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

रसुवा– जनैपूर्णिमाको विशेष पर्वअन्तर्गत गोसाइँकुण्ड पुग्ने यात्रुको उपचारार्थ आजदेखि हिमाली उच्च भागमा स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

लेक लाग्ने समस्या न्यूनीकरण गराउँदै धार्मिक यात्रा सहज पार्न विगत २५ वर्षदेखि अनवरतरूपमा कार्यरत हिमालय उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो । आवश्यक औषधि र अक्सिजन सिलिण्डरसमेतका सामग्री गोसाइँकुण्ड पुर्‍याई स्वास्थ्य शिविर सञ्चालनमा ल्याइएको हिमालय उद्धार सङ्घका कार्यकारी निर्देशक गोविन्द बस्यालले जानकारी दिए ।

आवश्यक औषधि तथा चिकित्सकसमेतको सम्पूर्ण व्यवस्था संस्थागतरूपमा गरिएको हिमालय उद्धार सङ्घले जनाएको छ । समुन्द्र सतहदेखि चार हजार तीन सय ८० मिटर उचाइमा अवस्थित गोसाइँकुण्डको स्वास्थ्य शिविरमा आफ्नो संस्थाको एक जना प्राविधिकसहित छ जना चिकित्सक कार्यरत रहेको बताइएको छ ।

यसरी सेवा दिने चिकित्सकमा डा अनुपमा भट्टराई, डा प्रसन्न कार्की, डा दीपेन्द्र पौडेल, डा सुरज कँडेल, डा सुरज श्रेष्ठ, डा आकाश शेखाली र हिमालय उद्धार सङ्घका हिमाली विज्ञ प्रकाश खत्री रहेको सो सङ्घले जनाएको छ । गोसाइँकुण्ड मेला केन्द्रित गरी आजदेखि सञ्चालनमा ल्याइएको स्वास्थ्य शिविर यही साउन २७ गतेसम्म सञ्चालन हुने कार्यकारी प्रमुख बस्यालले बताए ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ७ : ५१ बजे

गोर्खा ट्रेल ब्लेजरको उपाधि लिम्बू र सेर्मालाई

धरान– आज सम्पन्न तेस्रो गोर्खा ट्रेल ब्लेजर १० किलोमिटर खुल्ला

टेस्लाले बिरामी कामदारको तलब रोकेको जर्मन युनियनको दाबी

एजेनसी – जर्मनीको बर्लिन नजिकै रहेको टेस्लाको कारखानाले बिरामी बिदामा

साहित्यकार सुवेदीका चार कृति लोकार्पण

 काठमाडौं – वरिष्ठ साहित्यकार होमनाथ सुवेदीले सिर्जना र सम्पादन गरेका

राजा समर्थकहरूको रैती हुने रहर

राजा फर्काउन रातदिन जागराम बस्नेहरूले स्पष्ट बुझ्दा हुन्छ– नागरिकको असन्तुष्टि

देशको इज्जत र प्रतिष्ठा बढाउन समाजवादी गणतन्त्र आवश्यक : माधव नेपाल

 काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशको स्वाभिमान, इज्जत