'बच्चाको क्यान्सर निको हुने सम्भावना धेरै हुन्छ' | Khabarhub Khabarhub

‘बच्चाको क्यान्सर निको हुने सम्भावना धेरै हुन्छ’

‘शरीरमा गिर्खा आएमा बच्चालाई ब्लड क्यान्सर भएको हुनसक्छ’



नेपाली समाजमा क्यान्सर भनेर उमेर पुगेकालाई लाग्ने रोग भनेर बुझिन्छ । तर, अहिले साना बालबालिकाहरूलाई पनि क्यान्सर रोग लाग्ने गरेको पाइन्छ । कतिपय बालबालिकालाई त उपचारको पहुँच भन्दा बाहिर राख्नु पर्ने पनि देखिन्छ । नेपालमा क्यान्सर रोग बढ्दै गएकाले पछिल्लो समय चिकित्सकले पनि उपचारको स्थिति पहिलाको भन्दा भयावह बन्दै गएको बताएका छन् । हरेक वर्ष झन्डै १५ सय बालबालिकामा क्यान्सर देखिने आकलन सरकारले सार्वजनिक गरेको छ । तर, एक तिहाइ क्यान्सर पीडित बालबालिका उपचारको पहुँचमा रहेका छन् । समयमा रोग पत्ता नलागेर उपचार नभई ३० प्रतिशत बालबालिकाले अकालमा ज्यान गुमाइरहेका छन् । बालबालिकामा देखिने क्यान्सरका बारेमा कान्ति बाल अस्पतालमा कार्यरत बाल रोग विशेषज्ञ डा. सुधीर सापकोटासँग विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

बालबालिकामा हुने क्यान्सरलाई कसरी बुझ्ने ?
कुनैमा वंशाणुगत रूपमा पनि क्यान्सर भएको हुन्छ । कतिमा यो वातावरणीय परिवर्तन र समयमा रोग पत्ता नलागेर नै यो धेरै बढिरहेको छ । यसमा सबै भन्दा बढी रक्त क्यान्सरका बिरामीहरू बढेका छन् ।

बालबालिकामा हुने कस्तो क्यान्सर हो ?
यो बालबालिकामा धेरै हुने क्यान्सर रक्त रोग क्यान्सर जसलाई हामी (ल्युकिनिया) भन्ने गछौँ । सबै क्यान्सर मध्ये ४० देखि ४५ प्रतिशत यो नै रहने गरेको छ । त्यसपछि आँखाको क्यान्सर जसलाई हामी रेटिनोब्लास्टोमा भन्छौँ । त्यो पछि मिर्गौलाको क्यान्सर जसलाई विल्म्सको ट्युमर भन्छौ । अरू ग्रन्थिको क्यान्सर लिम्फोमा र स्नायुहरुको क्यान्सर न्यूरोब्लास्टोमा तथा मस्तिष्कमा हुने ब्रेन ट्युमर भनिन्छ ।

कान्ति बाल अस्पतालमा कस्ता–कस्ता क्यान्सरका बिरामी आउने गर्दछन् ?
सबै भन्दा बढी रगतको क्यान्सर भएका र त्यसपछि आँखाको क्यान्सर भएका बिरामी आउने गरेका छन् ।

बालबालिकामा यो रक्त क्यान्सर भएको भनेर कसरी थाहा पाउने ?
सुरुमा बच्चाहरूमा लामो समयसम्म ज्वरोहरू आउने, जिउमा गिर्खाहरू आई राख्ने, पेट फुल्ने फोक्सोहरू फुल्ने कलेजो सुनिने र बच्चामा रगतको कमी हुने वा कतैबाट रगतहरू बग्ने शरीरमा निल डामहरू देखिने हुन्छ । त्यो देखिएमा ‘ब्लड क्यान्सर’ भएको हुन सक्छ ।

यसमा अभिभावकले ध्यान दिनै पर्ने कुराहरु के के छ ?
आफ्नो बच्चा पहिला भन्दा फुस्रो भयो भने तुरुन्तै अस्पताल जाने गर्नुपर्छ । कतिपय अभिभावकले अस्पतालमा यो त क्यान्सरको लक्षण हो भन्ने थाहा भयो भने या निको हुँदैन भनेर उपचार गर्नु हुँदैन । तर, सम्बन्धित डाक्टरसँग परामर्श लिएर उपचार गर्दा समयमा नै धेरै बच्चाका क्यान्सरका रोगहरू निको हुन्छ ।

अहिले यो बालबालिकामा सुरुवाती अवस्थामा नै अस्पताल आउने क्रम कतिको छ ?
काठमाडौँ नजिकैको बालबालिका सुरुवाती अवस्थामा नै आउनु हुन्छ । अहिले प्राय बिरामी सुरुमा नै स्वास्थ्यकर्मीकोमा जाने र त्यहाँ नराम्रो भयो भने आउनु हुन्छ र कतिपय धेरै ठाउँमा जाने र कतै नभएर बच्चालाई धेरै नै च्यापेपछि आउनु हुन्छ ।

क्यान्सर भएका बालबालिकाको उपचारको अवधि कति हुन्छ ?
यो क्यान्सरको प्रकार हेरेर हुन्छ । सबै भन्दा बढी हुने रक्त क्यान्सर त्यसको ६ महिना उपचार गराउने अस्पतालमा नै बसेर गर्नु पर्दछ । पछि घरैमा बसेर औषधिहरू खाएर तीन तीन महिनामा फलोअप गर्न आउँदा हुन्छ । त्यस्तै गरी अरू मा एक वर्षदेखि २ वर्ष लाग्न सक्छ । तर त्यसमा उपचार सकिए पछि पनि कम्तीमा ५ वर्ष रेगुलर फलोअपमा रहनु पर्दछ र अब क्यान्सर बल्झिँदैन भन्न सकिन्छ ।

नेपालमा क्यान्सर भएका सबै बालबालिका उपचारको पहुँचमा आउन सकेका छैनन् भनिन्छ, तपाईंले के पाउनु भएको छ ?
हाम्रो तथ्याङ्कका आधारमा १५ सयदेखि दुई हजारसम्म हाम्रोमा अध्ययनमा देखिएका छन् । नेपालको जनसङ्ख्याका आधारमा यति क्यान्सरका बिरामी बच्चा हुनुपर्ने भनेर तर हामीले अहिलेसम्म एक तिहाइ मात्र डाइग्नोसिस् हुन सकेका छौँ । त्यो भन्दा बाँकी बच्चा उपचारमा आएका छैनन् । यसको प्रमुख कारण भनेको यो रोग निको हुँदैन भन्ने मान्यता र स्वास्थ्य कर्मीहरूले पनि राम्रोसँग बुझाउन नसक्नु हो ।

अहिले क्यान्सरको लागि दिइने सहुलियत जुन छ, त्यो बालबालिकाको लागि पर्याप्त छ त ?
बालबालिकाको लागि सरकारी तवरबाट १ लाख दिइने गरिएको छ । बच्चाहरूलाई कान्ति बाल अस्पतालमा उपलब्ध रहेका जाँचहरू सिटी स्क्यान एक्स–रे, भिडियो एक्स–रे जस्ता महँगा जाँचहरू निःशुल्क रहेको छ र सर्जरी पनि निःशुल्क रहेको छ ।

ततपाईंले आफ्नो तवरबाट केही पहल गर्नु भएको छ ?
हामीले समन्वयको लागि ग्राण्ड चाइल्ड क्यान्सर भनेर डब्ल्युएचओसँग समन्वय गरेर यहाँ उपलब्ध भएका बाहेक अरु जाँचहरू र उपचारहरू तथा क्यान्सरका लागि आवश्यक जनशक्तिहरूको नर्सहरूलाई तालिम प्रदान गरेका छौँ । ६ महिनाको उपचारपछि एउटा एक दुई हप्तामा फ्लोअपका लागि आउजाउ गर्नु पर्याे । त्यसको लागि हामीले केयर सेन्टर भनेर कान्तिको टाढा पोखरा, विराटनगर र नेपालगन्जमा बच्चाको क्यान्सरको फ्लोअपको लागि क्लिनिक सुरु गरेका छौँ । यो बढाएर ७ वटै प्रदेशमा लैजाने योजना रहेको छ ।

यसका लागि राज्य र सरोकारवालाले के–के गर्नु पर्दछ होला ?
वयस्को लागि मात्र धेरै सबैको ध्यान गएको छ । तर, अरूको तुलनामा बच्चाको क्यान्सर निको हुने सम्भावना धेरै रहेको छ । त्यसैले बच्चामा धेरै केन्द्रित हुनुपर्दछ । कान्ति बाल रोग अस्पतालमा हामीले कतिपय टेस्टहरू बाहिर गर्न पठाउनु पर्दछ । त्यसको लागि आवश्यक टेक्नोलोजी ल्याउनु पर्दछ ।

क्यान्सर भएर निको भएका बालबालिकाहरूले के के कुरामा ध्यान दिनु पर्दछ ?
नर्मल जीवन यापन गर्न सक्नु हुन्छ । औषधिको कारणले हड्डीहरूमा समस्या आउन सक्छ । त्यसैले नियमित फ्लोअप गर्नु पर्दछ । र, अरूमा पनि यो रोग समयमा उपचार गर्दा निको हुन्छ भन्ने जनचेतना जगाउनु पर्दछ ।

यो क्यान्सर लाग्नै नदिन पहिला नै के गर्नुपर्छ ?
यही नै कारणले गर्दा क्यान्सर हुन्छ भन्ने छैन । खानपान र जीवन शैलीमा आएको परिवर्तनले नै क्यान्सर हुनसक्छ र कतिपय वंशाणुगत रूपमा पनि जानसक्छ । त्यसैले बाबुआमामा यो समस्या छ भने नियमित चेक जाँच गराउनु पर्दछ । अघि भनेका लक्षण हरू देखिए भने क्यान्सर नै हुनसक्छ भनेर आतिनु पर्ने अवस्था छैन । यो मध्ये थोरैलाई क्यान्सर हुनसक्छ । त्यसैले समयमा नै अस्पताल गएर उपचार गर्नु पर्दछ । आफूभन्दा नजिकको बच्चा कसैलाई यो समस्या भयो भने अस्पताल जन सुझाव दिने गर्नुपर्छ ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ७ : ०५ बजे

गण्डकीमा कर्मचारी व्यवस्थापनमा मनोमानी, गुनासो आए मुख्यमन्त्रीको सचिवालयलाई देखाउँदै पन्छिँदै

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कात्तिक १२ गते

मोरङको सुन्दरहरैँचास्थित पञ्चायत मावि भवनको शिलान्यास

काठमाडौं– मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित पञ्चायत माध्यमिक विद्यालयको विद्यालय भवन निर्माणको

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

काठमाडौं– एनसेलका ग्राहकले एनसेल एपमार्फत अब प्रत्येक१०० रुपैयाँ र सो भन्दा

कैलालीमा बस र माइक्रोबस ठोक्किँदा १० जना घाइते 

धनगढी– कैलालीमा बस र माइक्रो बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा