एसिया कपको फाइनलमा पाकिस्तान श्रीलंकासँग भिड्ने, भारत बाहिरियो « Khabarhub

एसिया कपको फाइनलमा पाकिस्तान श्रीलंकासँग भिड्ने, भारत बाहिरियो


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नसिम साहले लगातार दुई छक्का प्रहार गरेपछि अफगानिस्तानमाथि एक विकेटको रोमाञ्चक जित निकाल्दै पाकिस्तान एसिया कप २०२२ को फाइनलमा प्रवेश गरेको छ ।

एक सय ३० रनको लक्ष्य पछ्याएको पाकिस्तानलाई जितका लागि अन्तिम ओभरमा ११ रनको आवश्यकता थियो । नवौं विकेटको रुपमा आसिफ अलि आउट भएपछि दबाबमा आएको पाकिस्तानका नसिम साहले २०औं ओभरको पहिलो र दोस्रो बलमा लगातार छक्का प्रहार गर्दै पाकिस्तानको जित पक्का गराए ।

जितसँगै पाकिस्तानले उपाधिका लागि श्रीलंकासँगको भेट पक्का गरेको छ । यता, भारत र अफगानिस्तान भने एक खेल बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिएका छन् ।

बुधबार राति पाकिस्तानले दिएको एक सय ३० रनको लक्ष्य पाकिस्तानले १९.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानका कप्तान बाबर आजम भने आज पनि ब्याटिङमा जम्न सकेनन् । सदाब खानले सर्वाधिक ३६ रन जोडे । यसबाहेक, इफ्तिखर अहमेदले ३०, मोहम्मद रिजवानले २० र आसिफ १६ रन बनाए । अफगानिस्तानका फजाल्हक फरुकी र फरिद अहमेदले समान तीन विकेट लिए ।

यसअघि टस हारेपछि ब्याटिङमा आएको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय २९ रनको योगफल तयार पार्‍यो।

अफगानिस्तानका इब्राहिम जद्रानले सर्वाधिक ३५ रन बनाए । हर्जतुल्लाह जजाईले २१, राशिद खानले १८, रहमनुल्लाह गुर्बजले १७ र करिम जनतले १५ रन बनाए । पाकिस्तानका हरिस रौफले दुई विकेट लिए ।

प्रतियोगितामा श्रीलंकाले यसअघि नै फाइनलको टिकट काटिसकेको छ । श्रीलंकाले सुपर फोरको लगातार दुई खेलमा जित निकाल्दै फाइनलको टिकट काट्यो ।

अब, बिहीबार भारतले अफगानिस्तानको सामना गर्दा शुक्रबार श्रीलंका र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ८ : १० बजे

शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनुपर्ने

अमेरिकी आक्रमणपछि इरानी राष्ट्रपति पेजेस्कियन इराक भ्रमण छोट्याएर तेहरान फर्किए

तेहरान- अमेरिकी सैन्य आक्रमण सुरु भएपछि इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इराकको

धनुषा-सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै

जनकपुरधाम– धनुषा र सिरहालाई जोड्ने कमला नदीमा निर्माण गरिएको देशकै

एनसेलको आम्दानीको ६० प्रतिशत हिस्सा राज्य कोषमा

काठमाडौं– निजी क्षेत्रको अग्रणी दूरसञ्चार सेवा प्रदायक एनसेलले व्यवसायमा आएको

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीको