एसिया कपको फाइनलमा पाकिस्तान श्रीलंकासँग भिड्ने, भारत बाहिरियो « Khabarhub

एसिया कपको फाइनलमा पाकिस्तान श्रीलंकासँग भिड्ने, भारत बाहिरियो


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नसिम साहले लगातार दुई छक्का प्रहार गरेपछि अफगानिस्तानमाथि एक विकेटको रोमाञ्चक जित निकाल्दै पाकिस्तान एसिया कप २०२२ को फाइनलमा प्रवेश गरेको छ ।

एक सय ३० रनको लक्ष्य पछ्याएको पाकिस्तानलाई जितका लागि अन्तिम ओभरमा ११ रनको आवश्यकता थियो । नवौं विकेटको रुपमा आसिफ अलि आउट भएपछि दबाबमा आएको पाकिस्तानका नसिम साहले २०औं ओभरको पहिलो र दोस्रो बलमा लगातार छक्का प्रहार गर्दै पाकिस्तानको जित पक्का गराए ।

जितसँगै पाकिस्तानले उपाधिका लागि श्रीलंकासँगको भेट पक्का गरेको छ । यता, भारत र अफगानिस्तान भने एक खेल बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिएका छन् ।

बुधबार राति पाकिस्तानले दिएको एक सय ३० रनको लक्ष्य पाकिस्तानले १९.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानका कप्तान बाबर आजम भने आज पनि ब्याटिङमा जम्न सकेनन् । सदाब खानले सर्वाधिक ३६ रन जोडे । यसबाहेक, इफ्तिखर अहमेदले ३०, मोहम्मद रिजवानले २० र आसिफ १६ रन बनाए । अफगानिस्तानका फजाल्हक फरुकी र फरिद अहमेदले समान तीन विकेट लिए ।

यसअघि टस हारेपछि ब्याटिङमा आएको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय २९ रनको योगफल तयार पार्‍यो।

अफगानिस्तानका इब्राहिम जद्रानले सर्वाधिक ३५ रन बनाए । हर्जतुल्लाह जजाईले २१, राशिद खानले १८, रहमनुल्लाह गुर्बजले १७ र करिम जनतले १५ रन बनाए । पाकिस्तानका हरिस रौफले दुई विकेट लिए ।

प्रतियोगितामा श्रीलंकाले यसअघि नै फाइनलको टिकट काटिसकेको छ । श्रीलंकाले सुपर फोरको लगातार दुई खेलमा जित निकाल्दै फाइनलको टिकट काट्यो ।

अब, बिहीबार भारतले अफगानिस्तानको सामना गर्दा शुक्रबार श्रीलंका र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ८ : १० बजे

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब