काठमाडौँ महानगरभित्रका भवनलाई ९० दिनभित्र नक्सा पेस गर्न आग्रह « Khabarhub

काठमाडौँ महानगरभित्रका भवनलाई ९० दिनभित्र नक्सा पेस गर्न आग्रह


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नक्सा पास नगरी बनाइएका काठमाडौँ महानगरपालिका क्षेत्रभित्र निर्माण भएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको नक्सा ९० दिनभित्र पेस गर्न काठमाडौँ महानगरपालिकाले ९० दिनको अल्टिमेटम दिएको छ।

नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनहरूको यो सूचना प्रकाशित भएको मितिले ९० दिनभित्रमा नक्सा पेस गरी नक्सा स्वीकृत/नियमित गर्न सम्बद्ध सबै व्यक्ति, सङ्घसंस्था, संस्थान तथा सरकारी निकायहरूलाई समेत अनुरोध गरिन्छ,’

महानगरपालिकाले बिहीबार निकालेको सूचनामा भनिएको छ, ‘नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनहरूको नक्सा यो सूचना प्रकाशित भएको मितिले ९० दिनभित्रमा पेस गर्न नक्सा स्वीकृत/नियमित गर्न सम्बद्ध सबै व्यक्ति, सङ्घसंस्था, संस्थान तथा सरकारी निकायहरूलाई अनुरोध गरिन्छ।,’

‘तोकिएको समयभित्र नक्सा पेस नगरेमा त्यस्ता भवनहरूको विवरण संकलन गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड, संहिता, कार्यविधि र यस कार्यालयको निर्णय बमोजिम कारबाही भई जाने ब्यहोरा समेत यसै सूचना मार्फत सूचित गरिन्छ।’ महानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ।

काठमाडौँ महानगरपालिका नगर सभाको ११ औँ अधिवेशनबाट आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड अनुरुप निर्माण भएका तर नक्सा पास नगरिएका भवनहरुलाई एक वर्ष भित्रमा नक्सा पास गरी नियमित गर्न आह्वान गरिनेछ’ भन्ने नीति समेत उल्लेखित भई पारित भएकाले सो कार्यान्वयन गर्न यो सूचना प्रकाशित गरिएको महानगरपालिकाले जनाएको छ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ८ : ५३ बजे

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन

सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियोहरू समुदाय केन्द्रित

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठ २९ र ३० मा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र