नेपोलीसँग लिभरपुल ४-१ ले स्तब्ध « Khabarhub

नेपोलीसँग लिभरपुल ४-१ ले स्तब्ध


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा नेपोलीले लिभरपुललाई ४-१ ले निराश पारेको छ । पियोर्ट जिलेन्स्कीले दुई गोल गर्नुका साथै अर्को एक गोलका लागि पास उपलब्ध गराएपछि लिभरपुल स्तब्ध भएको हो । यस्तै, एन्डर फ्रयांक जाम्बो एन्ग्वेसा र जियोभानी सिमोनीले एक-एक गोल गरे ।

लिभरपुलका लुइस लिडाजले एक गोल गरे । नेपोलीले समूह ‘ए’ मा विजयी सुरुआत गर्दा लिभरपुलको जारी सिजनको खराब लयले भने च्याम्पियन्स लिगको पहिलो खेलमा पनि निरन्तरता पायो । लिभरपुलले इङलिस प्रिमियर लिगको सुरुआती ६ खेलमा लय अनुरुपको प्रदर्शन गर्न सकेको छैन ।

लिभरपुलले प्रिमियर लिगको ६ खेलमा मात्र २ खेल जितेको छ । समूह ‘ए’ कै अर्को खेलमा आयाक्सले सुखद सुरुआत गर्ने क्रममा रेन्जर्सलाई ४-० ले हरायो । त्यस्तै समूह ‘बी’ मा एट्लेटिको मड्रिडले एफसी पोर्टोलाई २-१ ले निराश पार्दा क्लब ब्रुजले बायर लेभरकुसनलाई १-० ले हरायो ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ९ : २१ बजे

कृषिमन्त्रीद्वारा कालीमाटी बजारको अनुगमन

काठमाडौं– कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता

श्रममन्त्री साह पदबाट हट्दा प्रधानमन्त्रीले किन दिए स्वास्थ्यमन्त्री मेहतालाई चेतावनी ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अंकले

फ्रान्समा चार आप्रवासीको मृत्यु

पेरिस- उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार चार

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार