दक्षिण भियतनाममा भीषण आगलागीमा ३२ जनाको मृत्यु « Khabarhub

दक्षिण भियतनाममा भीषण आगलागीमा ३२ जनाको मृत्यु


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भियतनाम – दक्षिणी भियतनामको हो ची मिन्ह सिटी नजिकैको कराओके कम्प्लेक्समा भएको भीषण आगलागीमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन्। मंगलबार राति प्रतिष्ठानको माथिल्लो तल्लामा आगलागी हुँदा ग्राहक र कर्मचारी अलपत्र परेका थिए।

चार जना दोस्रो र तेस्रो तल्लाबाट हाम फालेर ज्यान जोगाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। अलार्म बजेको केही समयमै अग्निनियन्त्रकहरू घटनास्थलमा पुगेका थिए। आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ।

अहिले १७ पुरुष र १५ महिलासहित ३२ जनाको मृत्यु भएको सार्वजनिक सुरक्षा मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालयका अनुसार आगलागीको समयमा भवनमा ६० जना यात्रु थिए।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ११ : ३३ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको