नवौँ राष्ट्रिय खेलकुद छनोट : पाँच हजार मिटर दौडमा जुम्ला प्रथम « Khabarhub

नवौँ राष्ट्रिय खेलकुद छनोट : पाँच हजार मिटर दौडमा जुम्ला प्रथम


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

जुम्ला – कर्णाली प्रदेशको मुकाम खलंगामा सञ्चालन भइरहेको नवौँ राष्ट्रिय खेलकुद छनोट प्रतियोगिताको पाँच हजार मिटर दौड प्रतियोगितामा महिला र पुरुष दुवै विधामा जुम्ला प्रथम भएको छ।

कर्णाली स्पोर्टस् क्लब जुम्लामा आबद्ध खेलाडी प्रकाश कठायत पुरुषतर्फ प्रथम हुँदा जुम्लाकै शेरबहादुर अधिकारी द्वितीय र सुर्खेतका अजय विक तृतीय स्थान हासिल गरे।

महिलातर्फ जुम्लाकै अन्तिमा बुढा प्रथम हुँदा सुर्खेतकी विमला कार्की द्वितीय र कालिकोटकी निस्पा मल्ल तृतीय भएकी छन्।

चार सय मिटर दौड प्रतियोगितामा पुरुषतर्फ जुम्लाका अर्जुन बुढा प्रथम, सुर्खेतका भरत राना द्वितीय, सुर्खेतकै गोविन्द श्रेष्ठले तृतीय स्थान हासिल गरेको जिल्ला खेलकुद विकास समिति जुम्लाका एथेलेटिक्स प्रशिक्षक हरिबहादुर रोकायाले बताए।

चार सय मिटर दौड प्रतियोगितामा महिलातर्फ सुर्खेतकी रमिता खड्का प्रथम, जुम्लाकी निशा पाण्डे द्वितीय र सुर्खेतकी नन्दा कुमालले तृतीय स्थान हासिल गरेको कर्णाली स्पोर्टस् क्लब जुम्लाका सचिव धनराज सुनारले बताए।

एक सय मिटर दौड प्रतियोगितामा महिलातर्फ सुर्खेतकी बिनु शाही प्रथम, जुम्लाकी समिता बुढा द्वितीय र कालिकोटकी रामिरा शाही तृतीय भएकी छन्।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  १२ : ३० बजे

कांग्रेसको विशेष महाधिवेशन उद्घाटन आज दिउँसो १ बजे, नाम दर्ता बिहान ८ बजेदेखि

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरू हुँदैछ ।

म्यानचेस्टर सिटीले विपक्षीको पोस्टमा गर्यो १० गोल

काठमाडौं – एफए कप अन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर सिटीले

पश्चिमी वायुको प्रभाव : तराई क्षेत्रमा हुस्सु र कुहिरा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

स्पेनिस ला लिगा : घरेलु मैदानमा गिरोना विजयी

काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत शनिबार रातिको खेलमा गिरोना

सवारी दुर्घटनामा दुईजनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको