पाठेघर शिविर : एक सय महिलाको स्वास्थ्य परीक्षण | Khabarhub Khabarhub

 पाठेघर शिविर : एक सय महिलाको स्वास्थ्य परीक्षण


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

जुम्ला– तातोपानी गाउँपालिकाले सञ्चालन गरेको पालिकाभित्रका महिलाहरूको पाठेघर शिविरबाट एक सय सात महिलाले स्वास्थ्य परीक्षण गरेका छन् । 

सो गाउँपालिकामा रहेको लिताकोट स्वास्थ्यचौकीमा पाठेघरसम्बन्धी शिविर सञ्चालन गरेको गाउँपालिका अध्यक्ष चन्दराम चौलागाईँले बताए । सर्वेदय नेपालको आयोजना, इटालियन फाउण्डेशन एफआरएल फेमि फाउण्डेशनको सहयोगमा शिविर सञ्चालन गरिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ डा रमिता चौलागाईँ नेतृत्वको टिमले पाठेघरको जाँच गरेको अध्यक्ष चौलागाईँले जानकारी दिए । 

उनले भने, ‘शिविरमा स्वास्थ्यकर्मी हिमाली खत्री, लक्ष्मी खत्री र साङ्मु तामाङसहितको टोलीले महिलाको पाठेघरको जाँच गरी आवश्यक औषधि र स्वास्थ्य सुझाव दिएका छन्, पाठेघरको जाँच गराउन आएका अधिकांश महिलाको सेतोपानी बग्ने, तल्लो पेट दुख्ने, रगत बग्ने र ढाड दुख्नेलगायतका समस्या देखापरेको छ ।’

सर्वेदय नेपालका निर्देशक कमलराज खत्रीले महिलाको प्रजनन स्वास्थ्यको अवस्था पहिचान गरी उपचारमा सहयोग गर्ने लक्ष्य राखी शिविर सञ्चालनमा रहेको जानकारी दिए । उनका अनुसार महिलाको पाठेघरमा विभिन्न समस्या भएकाले गाउँमै पुगेर सेवा दिन खोजिएको हो । 

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  १ : ४१ बजे

पर्वतमा यसवर्ष आलु उत्पादन वृद्धि हुने अनुमान

पर्वत– आलु खेतीको क्षेत्रफल विस्तारसँगै अनुकूल मौसमका कारण यस वर्ष

सवारीसाधनको विद्युतीय अभिलेख राखिँदै

बागमती– यातायात सेवा कार्यालय हेटौँडा मकवानपुरले सवारीसाधनको विद्युतीय अभिलेख  (डिजिटाइजेसन)

एक सय सदस्यीय चिनियाँ ‘फोटोग्राफर’ काठमाडौंमा

काठमाडौ‌– संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि चिनियाँ ‘फोटोग्राफर’को एक

वीर अस्पतालको कार्यकारी निर्देशकमा डा. शर्मा नियुक्त 

काठमाडौं– वीर अस्पतालको कार्यकारी निर्देशकमा डा. दिलीप शर्मा नियुक्त भएका

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।