पाठेघर शिविर : एक सय महिलाको स्वास्थ्य परीक्षण « Khabarhub

 पाठेघर शिविर : एक सय महिलाको स्वास्थ्य परीक्षण


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

जुम्ला– तातोपानी गाउँपालिकाले सञ्चालन गरेको पालिकाभित्रका महिलाहरूको पाठेघर शिविरबाट एक सय सात महिलाले स्वास्थ्य परीक्षण गरेका छन् । 

सो गाउँपालिकामा रहेको लिताकोट स्वास्थ्यचौकीमा पाठेघरसम्बन्धी शिविर सञ्चालन गरेको गाउँपालिका अध्यक्ष चन्दराम चौलागाईँले बताए । सर्वेदय नेपालको आयोजना, इटालियन फाउण्डेशन एफआरएल फेमि फाउण्डेशनको सहयोगमा शिविर सञ्चालन गरिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ डा रमिता चौलागाईँ नेतृत्वको टिमले पाठेघरको जाँच गरेको अध्यक्ष चौलागाईँले जानकारी दिए । 

उनले भने, ‘शिविरमा स्वास्थ्यकर्मी हिमाली खत्री, लक्ष्मी खत्री र साङ्मु तामाङसहितको टोलीले महिलाको पाठेघरको जाँच गरी आवश्यक औषधि र स्वास्थ्य सुझाव दिएका छन्, पाठेघरको जाँच गराउन आएका अधिकांश महिलाको सेतोपानी बग्ने, तल्लो पेट दुख्ने, रगत बग्ने र ढाड दुख्नेलगायतका समस्या देखापरेको छ ।’

सर्वेदय नेपालका निर्देशक कमलराज खत्रीले महिलाको प्रजनन स्वास्थ्यको अवस्था पहिचान गरी उपचारमा सहयोग गर्ने लक्ष्य राखी शिविर सञ्चालनमा रहेको जानकारी दिए । उनका अनुसार महिलाको पाठेघरमा विभिन्न समस्या भएकाले गाउँमै पुगेर सेवा दिन खोजिएको हो । 

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  १ : ४१ बजे

वैज्ञानिकको सक्रियताले कृषि क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास छ : मन्त्री चौधरी

पाटन– कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान

आन्तरिक विद्युत खपत बढाउन नीतिगत सुधारको तयारी, पूर्वी एसियासम्म निर्यात गर्ने लक्ष्य : ऊर्जामन्त्री

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युतको आन्तरिक खपत

दुई विधेयक दफावार छलफलका लागि स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले आज ‘पर्यटन विधेयक २०८२’ र ‘नेपाल राष्ट्र

जलजलाका १४९ सुत्केरीलाई घ्यू र अण्डा वितरण

पर्वत– जलजला गाउँपालिकाले चालु आर्थिक वर्षमा मल्लाज, लेकफाँट र शालिजाका

असार नसकिँदै रित्तियो आँप

महोत्तरी- मध्य जेठदेखि भदौ मसान्तसम्म आँप पाक्ने सिजन हो ।