जनतामाझ जान पनि कांग्रेस अंशबन्डा गरिरहेछ : पूर्वराष्ट्रपति यादव  « Khabarhub

जनतामाझ जान पनि कांग्रेस अंशबन्डा गरिरहेछ : पूर्वराष्ट्रपति यादव 


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वराष्ट्रपति डा. रामबरण यादवले जनतामाझ जान कांग्रेसले अंशबन्डा गरिरहेको टिप्पणी गरेका छन् ।

आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि माओवादी केन्न्द्र, एकीकृत समाजवादीसहितका दलसँग कांग्रेसले गठबन्धन गर्न लागेको तर्फ इंगित गर्दै उनले गर्विलो इतिहास बोकेको कांग्रेस जनतामाझ जान अहिले अंशबन्डा गर्नुपर्ने अवस्थामा आइपुगेको बताएका हुन् ।

काठमाडौं बिहीबार आयोजित बिपी साहित्य सम्मान एवं बिपी सेनानी सम्मान तथा स्मृति लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसमा बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गरिजाप्रसाद कोइरालाजस्ता महापुरुषको नाम सुन्दै गद्गद् भइने कांग्रेस अहिले त्यस्तो पुर्खा भएर पनि जनतामाझ जान अंशबण्डा गरिरहेको बताए ।

कांग्रेसको अहिलेको अवस्थालाई रामराम भन्ने बेला भइसकेको भन्दै उनले भने, ‘जनताको बीचमा जान पनि अरु पार्टीसँग मिलेर अंशबण्डा गरिरहेको छ । कांग्रेसको बारेमा राम, राम भन्ने बेला भइसकेको छ ।’ जनतामाझ जान अंशबन्डा गर्नु लज्जाको विषय भएको डा. यादवको भनाइ छ ।

कांग्रेसभित्र पन विधि र आदर्शको कुरा हुन छाडेको र चुनावमा टिकटसमेत बिक्री हुन थालेको भन्दै कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका डा. यादवले कांग्रेसमा पसिना बगाउनेको भन्दा पैसा दिएर टिकट किन्नेको मूल्यांकन बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरे ।

कांग्रेसका तत्कालीन नेता रहेका उनी पहिलो जन निर्वाचित राष्ट्रपति हुन् ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ४ : ०९ बजे

अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

काठमाडौं– परराष्ट्र मन्त्रालयमातहतका राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली

मौसममा पश्चिमी प्रणालीको प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत

आज २०८२ साल फागुन २९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत