जनतामाझ जान पनि कांग्रेस अंशबन्डा गरिरहेछ : पूर्वराष्ट्रपति यादव  | Khabarhub Khabarhub

जनतामाझ जान पनि कांग्रेस अंशबन्डा गरिरहेछ : पूर्वराष्ट्रपति यादव 


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वराष्ट्रपति डा. रामबरण यादवले जनतामाझ जान कांग्रेसले अंशबन्डा गरिरहेको टिप्पणी गरेका छन् ।

आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि माओवादी केन्न्द्र, एकीकृत समाजवादीसहितका दलसँग कांग्रेसले गठबन्धन गर्न लागेको तर्फ इंगित गर्दै उनले गर्विलो इतिहास बोकेको कांग्रेस जनतामाझ जान अहिले अंशबन्डा गर्नुपर्ने अवस्थामा आइपुगेको बताएका हुन् ।

काठमाडौं बिहीबार आयोजित बिपी साहित्य सम्मान एवं बिपी सेनानी सम्मान तथा स्मृति लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसमा बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गरिजाप्रसाद कोइरालाजस्ता महापुरुषको नाम सुन्दै गद्गद् भइने कांग्रेस अहिले त्यस्तो पुर्खा भएर पनि जनतामाझ जान अंशबण्डा गरिरहेको बताए ।

कांग्रेसको अहिलेको अवस्थालाई रामराम भन्ने बेला भइसकेको भन्दै उनले भने, ‘जनताको बीचमा जान पनि अरु पार्टीसँग मिलेर अंशबण्डा गरिरहेको छ । कांग्रेसको बारेमा राम, राम भन्ने बेला भइसकेको छ ।’ जनतामाझ जान अंशबन्डा गर्नु लज्जाको विषय भएको डा. यादवको भनाइ छ ।

कांग्रेसभित्र पन विधि र आदर्शको कुरा हुन छाडेको र चुनावमा टिकटसमेत बिक्री हुन थालेको भन्दै कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका डा. यादवले कांग्रेसमा पसिना बगाउनेको भन्दा पैसा दिएर टिकट किन्नेको मूल्यांकन बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरे ।

कांग्रेसका तत्कालीन नेता रहेका उनी पहिलो जन निर्वाचित राष्ट्रपति हुन् ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ४ : ०९ बजे

लापसे गरी सवारी चलाएका नौ चालक बनेपा प्रहरीको नियन्त्रणमा

काठमाडौँ – लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाइरहेका नौ चालकलाई

गाजामा इजरायलको क्रुरता : पाँच वर्ष मुनिका १२ हजार बालबालिका चरम कुपोषणले छट्पटाउँदै

एजेन्सी – गाजापट्टीमा उग्रवादी सङ्गठन हमास निमिट्यान्न पार्ने बहानामा इजरायलले

बहादुरसिंह लामाले पनि बानियाँलाई मत दिएपछि…

काठमाडौँ – नेपाली कांग्रेसका शीर्ष नेताहरूले संयुक्त निर्णय गरेर बागमती

कारागार व्यवस्थापनमा सुधार गर्न आयोगको निर्देशन

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले कारागार व्यवस्थापन र कारागारभित्रको

सुक्खाग्रस्त सङ्कट झेलेका पर्साका कृषकलाई मलखादको पिरलो

वीरगञ्ज (पर्सा) : पर्साको जिराभवानी गाउँपालिका–५ कुडौलीका कृषक अलखदेवप्रसाद थारूले