म नराम्रो विचार बोकेको मान्छे होइन : गायक परियार « Khabarhub

म नराम्रो विचार बोकेको मान्छे होइन : गायक परियार


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलात्कारको विषयमा दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा आफ्नो व्यापक आलोचना भएपछि गायक शिव परियार प्रतिरक्षामा उत्रेका छन् । 

गायक परियारले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कुरा यति हो-म नराम्रो बिचार अनि व्यवहार बोकेको मान्छे हुँदै होइन, प्रहार गर्नेहरूको असंख्य प्रहार खप्दै यात्रा जारी राखिन्छ ।’ उनले आज बिहान आफ्नो फेसबुक पेजमा नेपालमा मौलाएको बलात्कार व्यवसायको भण्डाफोर गर्न जरुरी रहेको लेखेका थिए ।  

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेमाथि एक जना १७ वर्षीय बालिकाले बलात्कारको आरोप लगाउँदै मंगलबार प्रहरीकोमा उजुरी दिएपछि गायक परियारले फेसबुक पेजमा सो कुरा उल्लेख गरेका थिए । 

त्यसपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भएको थियो । धेरैले आलोचना गरेपछि उनले दिउँसो फेसबुकमा पुनः अर्को स्टाटस राख्दै नराम्रो विचार भएको मान्छे नभएको बताएका हुन् । 

गायक परियारले आज बिहान फेसबुक पेजमा लेखेका थिए, ‘नेपाल सरकार, यो पेशेवर पीडित भनौदाहरुलाई पनि व्यवस्थित गरी कारवाही गर्ने कुनै कानुनको धारा होला नी ? कि नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुँदैछ यहाँ ? यो गिरोहको उपचार तत्काल नगर्ने हो भने बलात्कारीको देश नेपाल हो भन्ने नजिर स्थापित हुन बेर लाग्दैन भन्ने  देखियो, कृपया अनुसन्धान होस् ।’ 

अहिलेकै अवस्था रहे प्रधानमन्त्री, मेयर, कलाकार, संस्कृतविद्, वैज्ञानिक, किसान, शिक्षाविद्, खेलाडी, समाजसेवी सबैमाथि बलात्कारको आरोप लाग्ने र नेपाल बलात्कारीको देश भनेर विश्व मानचित्रमा दर्ज हुने धारणा समेत उनले बिहान फेसबुकमा राखेका थिए । 

‘यी बलात्कारी गिरोहको पर्दाफास र सन्निकट हुन जरुरी  देख्दैछु म । कृपया यति बेला सबै बर्ग, सम्प्रदाय, जात, धर्म र नेपालीहरूले नेपालमा मौलाएको बलात्कार व्यवसायको भण्डाफोर गर्न जरुरी देख्छु । अनुसन्धानबाट नियतबस बलात्कारी नै हो भने कानुनतः छुट नहोस् तर देशका सबै आइकनलाई सिध्याउने नियत सहितको अवस्था हो भने नेपाल सरकार, नेपाल प्रहरी र अदालत सबै निकाय यस विषयमा संवेदनशिल हुनु पर्ने अवस्था देख्छु,’ उनले भनेका थिए । 

उनी यत्तिमै रोकिएका थिएनन् । उनले बिहान फेसबुकमा थप लेखेका थिए, ‘तर दुःखी आत्माहरुले आफ्नो प्रसिद्धी, प्रतिष्ठा एउटा नाबालिग प्रशंसकप्रति यौनको भोक मेटाउन प्रयोग गरेको हो भने मुलाहरुको सामान काट्ने कानुन आएपनि म राजी छु सरकार ।’

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ५ : १२ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी