चाडबाडमा कालोबजारी नियन्त्रण गर्न प्रभावकारी बजार अनुगमन गरिन्छ : मन्त्री बडू « Khabarhub

चाडबाडमा कालोबजारी नियन्त्रण गर्न प्रभावकारी बजार अनुगमन गरिन्छ : मन्त्री बडू


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले चाडबाडका बेला हुन सक्ने मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न प्रभावकारी रूपमा बजार अनुगमन गर्ने बताएका छन्।

आफूले मन्त्रालय सम्हालेको पाँच महिनाको अवधिमा भएका कामको बारेमा जानकारी गराउन बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री बडूले सरकारको अनुगमन संयन्त्रलाई थप बलियो बनाएर चाडबाडका बेला हुन सक्ने मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्ने बताएका हुन्।

उनले चाडपर्व लक्षित सहुलियत पसलमा पनि धेरै सामाग्री राख्ने र बजारमा भन्दा निकै सस्तो मूल्यमा सामान उपलब्ध गराउने र यसले पनि बजारको मूल्यवृद्धि नियन्त्रण गर्न मद्दत पुग्ने धारणा राखे। मन्त्री बडूले पेट्रोलियम पदार्थको आयातका लागि पाइपलाइन विस्तार, ग्यासको उपभोगमा कम गर्ने नीति लगायतका योजनाहरू सार्वजनिक गरे।

त्यस्तै उनले कोरोनाबाट शिथिल बनेको उद्योग क्षेत्र क्रमशः पुरानै अवस्थामा फर्किएको दाबी गरे । रुग्न उद्योगहरू सञ्चालनका लागि सरकारले आवश्यक नीति र सहजीकरण गरेको उनको भनाइ छ । मन्त्री बडूले आफ्नो कार्यकालमा ३०९ वटा नयाँ उद्योग दर्ता भएको र जसका कारण ३ खर्ब ४३ अर्ब रुपैयाँ लगानी हुने र २८ हजार ५ सय २७ नयाँ रोजगारी सिर्जना भएको दाबी गरे।

उनले नेपाल गुणस्तर परिषदबाट १२ वटा विभिन्न प्रकारका ग्यास सम्बन्धी र ३ वटा पाइप सम्बन्धी गरी १५ वटा नेपाल गुणस्तर पारित भएको तथा थप ९२ वटा उत्पादनलाई नेपाल गुणस्तर पारित गर्ने तयारी गरिएको बताए।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ५ : ५५ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी