दक्षिण कोरयामा घटेन कोरोना भाइरसको सङ्क्रमण « Khabarhub

दक्षिण कोरयामा घटेन कोरोना भाइरसको सङ्क्रमण


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि भारत र दक्षिण कोरियामा भने सङ्क्रमितहरूको सङ्ख्यामा उल्लेखनीय कमी आएको छैन ।

कोरियाली स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको सूचनामा पछिल्लो विवरणअनुसार दक्षिण कोरियामा ७२ हजार पाँच छ सय ४६ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

त्यसअघिको विवरणअनुसार कोरियामा ८५ हजार पाँच सय ४० जना नयाँ सङ्क्रमित थपिएका थिए । हाल दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको कूल सङ्ख्या दुई करोड ३८ लाख ६४ हजार पाँच सय ५० पुगेको छ ।

कोरोना सङ्क्रमणबाट थप ६४ जनाको मृत्यु भएको छ । यो सँगै कोरियामा कोभिड–१९ लागेर ज्यान गुमाउनेको सङ्ख्या २७ हजार तीन सय १३ पुगेको छ । दक्षिण कोरियामा तत्काल यो महामारी साम्य हुने लक्षण देखिएको छैन ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ५ : ५९ बजे

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर