पाँच दिने भ्रमण सकेर भारतीय सेनाध्यक्ष पाण्डे स्वदेश फिर्ता | Khabarhub Khabarhub

पाँच दिने भ्रमण सकेर भारतीय सेनाध्यक्ष पाण्डे स्वदेश फिर्ता


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा आएका मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता भएका छन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गरेका छन् । भ्रमणका क्रममा नेपाल र भारतका सेनाध्यक्षहरूलाई एक अर्का देशको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्न विशिष्टीकृत एवं ऐतिहासिक परम्पराको निरन्तरता स्वरूप सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका थिए।

भ्रमणकै दौरान जङ्गी अड्डामा प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय स्थल सेनाध्यक्षबीच औपचारिक भेटवार्ता भएको थियो । उक्त भेटवार्ताका क्रममा दुई देशको आपसी सुरक्षा चासोका विषयमा छलफल भएको थियो ।

भारतीय स्थल सेनाध्यक्ष पाण्डेले भ्रमणका क्रममा मंगलबार रक्षा मन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए । उनले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेज र पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड हेडक्वार्टरको समेत भ्रमण गरेका हुन् । उनले भारतबाट सहुलियत रूपमा आएको रु २२ करोड ३८ लाख बराबरको सैन्य सामग्रीसमेत हस्तान्तरण गरेका थिए।

उनको भ्रमणले दुई देशबीच रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ पार्न थप मद्दत पुग्ने विश्वास लिएको नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ६ : ५० बजे

सागर डिष्टिलरीको आईपीओ खुला  

काठमाडौं– सागर डिष्टिलरी लिमिटेडले आज (बुधबार)बाट साधारण शेयर (आईपीओ) बिक्री

एमएफएन बान्टमवेट च्याम्पियन ढाँटलाई सरकारले पाँच लाख रुपैयाँ पुरस्कार दिने 

काठमाडौं– सरकारले म्याट्रिक्स फाइट नाइट (एमएफएन)१७ मा बान्टमवेट च्याम्पियन रवीन्द्र

पहिरोले जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध

मुस्ताङ– जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ–मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरो खसेपछि बुधबार

जलगदुल्ला जलविद्युत निर्माणको ठेक्का सम्झौतामा हस्ताक्षर

काठमाडौं– कर्णाली प्रदेशको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण मानिएको

खलनायकदेखि कमेडीका बादशाहसम्म : परेश रावल, शक्ति कपूर र रञ्जितको यात्रा

मुम्बई – बलिउडको इतिहासमा केही यस्ता कलाकार पनि छन् जसले