अष्ट्रेलिया नजिकै रहेको टापु चिनियाँ खरिदकर्तालाई बिक्री गर्न मालिक तयार « Khabarhub

अष्ट्रेलिया नजिकै रहेको टापु चिनियाँ खरिदकर्तालाई बिक्री गर्न मालिक तयार


२३ भदौ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अष्ट्रेलिया नजिकै रहेको एउटा सानो टापुक्षेत्र चिनियाँ खरिदकर्तालाई बिक्री गर्न आफू तयार रहेको उक्त टापुका मालिकले जनाएका छन् ।

अष्ट्रेलिया नजिकै रहेको पपुवा न्यु गिनीको कन्फ्लिक्ट आइल्याण्ड्स नामक टापुक्षेत्र खरिद गर्न अष्ट्रेलिया तयार नभएपछि आफूले चिनियाँ खरिदकर्ताहरुसँग छलफल अघि बढाएको उक्त टापुका मालिक इयान गोवरी स्मिथले जनाएका छन् ।

चीनलाई बिक्री गरिएको खण्डमा अष्ट्रेलियामाथिको सुरक्षा चुनौति अझै बढ्न सक्ने सम्भावनाबीच अष्ट्रेलियाले उक्त टापु खरिद गर्ने इच्छा नदेखाएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

रुसबाट प्रकाशित हुने रुसियन टाइम्सका अनुसार अष्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी अल्बानिजले चीनलाई चुनौति दिन अष्ट्रेलियाले धेरै कामहरु गरिरहेको बताएपनि उक्त टापु भने खरिद नगर्ने जनाएका छन् ।

अष्ट्रेलियाका करदाताहरु उक्त टापु खरिद गर्न तयार नरहेको उनको भनाइ छ । मुँगाबाट बनेका विभिन्न स–साना २१ टापुहरु समावेश उक्त टापु क्षेत्र अष्ट्रेलियाको पूर्वी तटपारी पपुवा न्युगिनी र सोलोमन टापुनजिक रहेको बताइएको छ ।

यसअघि गत जुन महिनामा टापुका मालिक गोवरी स्मिथले अष्ट्रेलियाका तत्कालीन विदेशमन्त्री पेनी वङलाई ३ करोड ६० लाख अष्ट्रेलियन डलर अर्थात् २ करोड ५० लाख अमेरिकी डलरमा बिक्री गर्ने प्रस्ताव गरेका थिए ।

प्रकाशित मिति : २३ भदौ २०७९, बिहिबार  ४ : ५७ बजे

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय