निर्वाचन खर्चसम्बन्धी निर्णय झिकाउन सर्वोच्चको आदेश « Khabarhub

निर्वाचन खर्चसम्बन्धी निर्णय झिकाउन सर्वोच्चको आदेश


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्वोच्च अदालतले निर्वाचन आयोगबाट राजनीतिक दल वा उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चका सम्बन्धमा हद तोक्ने विषयमा भएका निर्णय झिकाउने आदेश गरेको छ ।

न्यायाधीश कुमार रेग्मीको इजलासले आज खर्चको सम्बन्धमा हद तोक्ने निर्णयको प्रतिलिपि लिई छलफलका लागि आउन आदेश गरेको हो । आदेशमा भनिएको छ, ‘निर्वाचनको स्वच्छता, निष्पक्षता र पारदर्शिताका लागि राजनीतिक दल र उम्मेदवारहरुले गर्ने निर्वाचन खर्चको महत्वपूर्ण भूमिका हुने भएकाले निर्वाचन ऐन, २०७३ को दफा २४ ले आयोगको निर्वाचनको खर्च हद तोक्ने छ भन्ने बाध्यात्मक व्यवस्था गरेको छ ।’

आदेशमा उक्त विषयमा दुवै पक्षलाई छलफलका लागि यही भदौ २७ गते बोलाउने तय गर्दै आदेशमा भनिएको छ, ‘आयोगबाट आवश्यक कार्य नभएको भन्नेसमेत प्रश्न उठाइएको हुँदा निर्वाचन आयोगबाट राजनीतिक दल वा उम्मेवारहरुले निर्वाचनमा गर्न पाउने खर्चका सम्बन्धमा हद तोक्ने के कस्ता निर्णय भएका छन् सोको प्रमाणित प्रतिलिपि लिई छलफलमा उपस्थिति हुनु ।’

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी आचारसंहिताविरुद्ध अधिवक्ता कीर्तिनाथ शर्माले दायर गर्नुभएको रिट निवेदनमा अदाललते दुवै पक्षलाई लिखित जवाफसमेत माग गरेको छ ।

निर्वाचन आयोगले यही भदौ १३ गते जारी गरेको आचारसंहितामाथि प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमा उक्त आदेश भएको हो ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ९ : ३३ बजे

राष्ट्रसंघमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँ : मन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताले देशको

पूर्वाधार विकासमा बैंक लगानी र सहकार्य विस्तारमा भ्रमण फलदायी

काठमाडौं– एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री

जेराल्डटनमा गोली चल्दा एक जना घाइते, पाँच पक्राउ

सिड्नी- पश्चिमी अस्ट्रेलियाको जेराल्डटनमा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच

बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

काठमाडौं– नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज

पोस्टरमै उल्टो गेटअपले कौतुहल जगाएको ‘परिवार’ को टिजरमा के छ ?

काठमाडौं– एउटा बिहान उठ्दा श्रीमान् र श्रीमतीले आफूलाई आफ्नै शरीरमा