निर्वाचन खर्चसम्बन्धी निर्णय झिकाउन सर्वोच्चको आदेश « Khabarhub

निर्वाचन खर्चसम्बन्धी निर्णय झिकाउन सर्वोच्चको आदेश


२३ भदौ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्वोच्च अदालतले निर्वाचन आयोगबाट राजनीतिक दल वा उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चका सम्बन्धमा हद तोक्ने विषयमा भएका निर्णय झिकाउने आदेश गरेको छ ।

न्यायाधीश कुमार रेग्मीको इजलासले आज खर्चको सम्बन्धमा हद तोक्ने निर्णयको प्रतिलिपि लिई छलफलका लागि आउन आदेश गरेको हो । आदेशमा भनिएको छ, ‘निर्वाचनको स्वच्छता, निष्पक्षता र पारदर्शिताका लागि राजनीतिक दल र उम्मेदवारहरुले गर्ने निर्वाचन खर्चको महत्वपूर्ण भूमिका हुने भएकाले निर्वाचन ऐन, २०७३ को दफा २४ ले आयोगको निर्वाचनको खर्च हद तोक्ने छ भन्ने बाध्यात्मक व्यवस्था गरेको छ ।’

आदेशमा उक्त विषयमा दुवै पक्षलाई छलफलका लागि यही भदौ २७ गते बोलाउने तय गर्दै आदेशमा भनिएको छ, ‘आयोगबाट आवश्यक कार्य नभएको भन्नेसमेत प्रश्न उठाइएको हुँदा निर्वाचन आयोगबाट राजनीतिक दल वा उम्मेवारहरुले निर्वाचनमा गर्न पाउने खर्चका सम्बन्धमा हद तोक्ने के कस्ता निर्णय भएका छन् सोको प्रमाणित प्रतिलिपि लिई छलफलमा उपस्थिति हुनु ।’

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी आचारसंहिताविरुद्ध अधिवक्ता कीर्तिनाथ शर्माले दायर गर्नुभएको रिट निवेदनमा अदाललते दुवै पक्षलाई लिखित जवाफसमेत माग गरेको छ ।

निर्वाचन आयोगले यही भदौ १३ गते जारी गरेको आचारसंहितामाथि प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमा उक्त आदेश भएको हो ।

प्रकाशित मिति : २३ भदौ २०७९, बिहिबार  ९ : ३३ बजे

स्वाद मात्र होइन, खाना नेपाली संस्कृति पनि हो : वरिष्ठ सेफ केसी

काठमाडौँ- खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका लागि

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६