प्रतिनिधि र प्रदेश सभा निर्वाचन : उम्मेदवारी दर्ता भोलि « Khabarhub

प्रतिनिधि र प्रदेश सभा निर्वाचन : उम्मेदवारी दर्ता भोलि


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि भोलि (आइतबार) प्रत्यक्षतर्फको मनोनयन पत्र दर्ता गर्ने भएको छ।

उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि सॅाझ ५ बजेसम्म समय निर्धारण गरिएको आयोगले जनाएको छ। उम्मेदवारी दर्ता गराउँदा उम्मेदवारको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि आवश्यक पर्नेछ। यसैगरी मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि पेस गर्नुपर्नेछ।

दलको उम्मेदवारको हकमा दफा १८ बमोजिमको औपचारिक पत्र (प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची ७ बमोजिम) र धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर हुनुपर्ने आयोगले जनाएको छ।

सरकारले मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्दैछ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  १० : ०७ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि