जुम्लामा पहिरोले पुरिएर ५ जनाको मृत्यु « Khabarhub

जुम्लामा पहिरोले पुरिएर ५ जनाको मृत्यु


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जुम्लाको कनकासुन्दरी गाउँपालिका-५ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् ।

बाराकोटे बाडा भन्ने ठाउँमा पहिरो जाँदा गणेश बहादुर शाही, उनको छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरुका छोराहरु अनमोल र मिलनको पहिरोमा पुरिएर मृत्यु भएको हो । २ जनाको गम्भीर अवस्थामा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले जानकारी दिएका छन् । घाइतेहरुमध्ये रामबहादुर हमालको अवस्था सामान्य र सरस्वती हमालको अवस्था गम्भीर रहेको छ। उनीहरुको अहिले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

पहिरोमा बेपत्ता भएका सुरेन्द्र हमाल र गणेश बहादुर शाहीको खोजी भइरहेको छ । आज बिहान करिब ३–४ बजेतिर घरमाथि पहिरो खसेर उनीहरु पुरिएका थिए ।

गृहमन्त्री बालकृष्ण खाँणले घाइतेको उद्धार र पुनःस्थापनामा कुनै कसुर बाँकी नराख्न गृहप्रशासन र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।

सेना र प्रहरीसहितको टोली घटनास्थलतर्फ लागेको छ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  १० : ३६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको