बागलुङको निसीखोलामा पहिरोले बगायो बालविकास केन्द्र र घर « Khabarhub

बागलुङको निसीखोलामा पहिरोले बगायो बालविकास केन्द्र र घर


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बागलुङ- निरन्तरको वर्षाका कारण बागलुङको निसीखोलामा एक बालविकास केन्द्र र घर भत्किएको छ।

निसीखोला गाउँपालिका–६ स्थित नरमला बालविकास केन्द्रको तीनकोठे पक्की भवन र शौचालय पहिराले बगाएको छ। सोही वडाको भल्कोट गाउँमा लालबहादुर बुढामगरको घर र गोठ पहिराले पुरिँदा लाखौँको धनमाल क्षति भएको छ। पहिराले बालविकास केन्द्र बगाउँदा त्यहाँ अध्ययन गर्ने बालबालिका समस्यामा परेको निसीखोला गाउँपालिका–६ का वडाध्यक्ष हेमबहादुर बुढामगरले बताए। वर्षाले बालविकास केन्द्रसँगै विभिन्न बस्तीसमेत पहिराको जोखिममा परेको उनले जानकारी दिए।

‘पहिरोले बालविकास केन्द्र र शौचालय बगाएको छ, त्यो जोखिम ठाउँमा पनि थिएन, लगातारको वर्षाले गर्दा अचानक तलदेखि गएको पहिराले बगाएको छ’, अध्यक्ष बुढामगरले भने, ‘अब कक्षा सुरु हुने बेला भयो, बालबालिकालाई कहाँ व्यवस्थापन गरेर सिकाउने हो, पालिकामा पनि कुरा राख्छौँ।’

उनका अनुसार पहिराले लालबहादुरको घर गोठ पुरिँदा रु १५ लाख भन्दाबढीको धनमाल क्षति भएको छ। पहिराले घरगोठसँगै अन्नपात, लत्ताकपडा, चार गोरु, एउटा भैँसी, एउटा राँगो र छ वटा बाख्रासमेत पुरिएको अध्यक्ष बुढामगरको भनाइ थियो। पहिरो पीडित लालबहादुरले अहिले छिमेकीको आश्रय लिएर बसेको बताउनुभयो। पहिरो आउने बेला आफूहरु बाहिर काम गरिरहेको हुँदा ज्यान बचाउन सफल भएको उनको भनाइ थियो। ‘पहिराले मेरो सबै धन सम्पत्ति बगायो, लत्ताकपडा, पशुचौपाय केही छैनन् सबै पुर्‍यो, अहिले त आफन्तकोमा बसेका छौँ’, लालबहादुरले भने, ‘हामीमाथि त दैव लाग्यो, अहिले घर न घाटको बनायो, यस्तो झरीको बेला।’

वर्षाले ग्रामीण सडक र मध्यपहाडी लोकमार्ग पूर्णरुपमा अवरुद्ध बनाएको छ। यी सडक खुलाउन अझै केही दिनलाग्ने निसीखोला गाउँपालिकाले जनाएको छ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  १० : ५० बजे

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित