अन्नपूर्ण पदमार्गबाट फर्किन थाले पर्यटक | Khabarhub Khabarhub

अन्नपूर्ण पदमार्गबाट फर्किन थाले पर्यटक


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

लमजुङ– अन्नपूर्ण पदमार्गमा अलपत्र परेका पर्यटकहरूका लमजुङतर्फ नै फर्किन थालेका छन् । मङ्गलबारदेखि निरन्तर वर्षा भएपछि मौसमी खराबका कारण गन्तव्यमा पुग्न नसकेका पर्यटकहरू बुधबारदेखि पुनः लमजुङतर्फ नै फर्किरहेका हुन् । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटक सहायक क्षेत्रबहादुर गुरुङले भने, ‘वर्षा हुनु अघिसम्म दैनिक ८० भन्दा बढी पर्यटक यस पदमार्गबाट मनाङ जिल्ला हुँदै गन्तव्य पार गर्ने गरेका थिए । तर निरन्तर वर्षाका कारण पदमार्गसमेत बिग्रिन थालेको र मनाङको माथिल्लो भेगमा हिमपात हुन थालेपछि उनीहरु अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नै फर्किन थालेका छन् ।’ आज बिहान मात्र चामे गाउँपालिकामा अलपत्र ८५  पर्यटक फर्किएको उनले जानकारी दिए ।

त्यस्तै, बिहीबार एक सय ५० र बुधबार ४० जना पर्यटक फर्किएका थिए ।  त्यस्तै, पदमार्गमा जानका लागि लमजुङमा आइपुगेका पर्यटकहरू समेत बेँसीसहरमै रोकिएर बसेका छन् । लामो समयदेखि कोरोना र चिसोका कारण प्रभावित बनेको चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटकीय सिजनकै बेला यतिबेला फेरि व्यवसाय सुनसान हुन थालेका पर्यटन व्यवसायीहरूको भनाइ छ । पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले भने, ‘यतिबेला सास फेर्ने फुर्सद हुने थिएन तर वर्षाका कारण पर्यटक आगमनमा समस्या भएपछि व्यवसाय सुस्ताएको छ । दसैँ तिहारका बेलामा पर्यटकहरू बढी पदमार्गमा आउने गर्दछन् । पर्यटकहरू हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीति रिवाज, प्राकृतिक सुन्दरता हेर्नलाई साथै मनाङबाट थुम्रापास गरी मुस्ताङ कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटकहरू आउने गर्छन् ।’

अहिले मनाङका खर्क अनि घाँसेमैदान हरियो हुने तथा फापर र उवा फुलेको दृश्यले पर्यटकलाई आकर्षित गर्ने गर्दछ । पर्यटक विशेष गरी थोराङपास, लार्केपास र कालापास गर्ने गर्दछन् भने, केही पर्यटक विश्वको अग्लो स्थानमा रहेको तिलिचो ताल हेर्न जाने गरेका छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिकामा पर्दछ । अन्नपूर्ण पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँचवटा जिल्ला जोडिएको छ । 

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  १२ : ४५ बजे

महामन्त्री ढकाललाई कारबाही गर्ने रास्वपाको तयारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई सामान्य कारबाही

मापदण्ड विपरीत तेल उत्पादन गर्ने कम्पनीलाई जरिवाना

काठमाडौं – काठमाडाैं महानगरपालिकाले मापदण्ड विपरीत तेल उत्पादन गर्ने चारवटा

काठेपुल तर्ने क्रममा बाढीले बगाउँदा एकजनाको मृत्यु

सुदूरपश्चिम – कैलालीको गौरीगङ्गा नगरपालिका–११ स्थित कटेनी नदीको बाढीमा बगेर

एकीकृत समाजवादीको महाधिवेशनमा प्रस्तुत सबै दस्तावेज अनुमोदन

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)को दशौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिएका

एमालेले समर्थन फिर्ता लिएपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको