कर्णालीका मुख्य राजमार्गहरू अवरुद्ध « Khabarhub

कर्णालीका मुख्य राजमार्गहरू अवरुद्ध


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– बुधबारदेखि परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । प्रदेशका विभिन्न राजमार्गअन्तर्गत लगभग २० ठाउँमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएको हो । प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक माधव श्रेष्ठका अनुसार कर्णाली राजमार्ग मात्रै १० ठाउँमा अवरुद्ध भएको छ । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डाविन्द्रासैनी नगरपालिका–८ बादुका, दुल्लु नगरपालिका–२ को बरबारेभिर, कालीकोटको तिलागुफा नगरपालिका–१ को गाडगोडेनी र बालुवा, वडा नं ३ को राँचुली, वडा नं ५ को धनडाँ, खाँडचक्र नगरपालिका वडा नं १ को सुनारखोला, वडा नं २ को ज्यानमाराभिर र वडा नं ३ को खरिखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

त्यस्तै छिन्चु–जाजरकोट सडक खण्डअन्तर्गत सुर्खेतको गुर्भाकोट–९ को पोखरे, सुर्खेतकै सिम्ता गाउँपालिका–४ को बालिखोला र जाजरकोटको भेरी नगरपालिका–१० को कालाभुरमा पहिरोले सडक अवरुद्ध भएको छ । रातानाङ्ला–धरमपोखरा सडक खण्डको वीरेन्द्रनगर–१३ को राउते गल्छी, सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत गुराँस गाउँपालिकाको रातिखोलाचोचेखोलामा पनि सडक अवरुद्ध छ ।

यसैगरी बोटेचौर–दाङ सडक खण्डअन्तर्गत गुर्भाकोट नगरपालिका–१ को काल्चे, बोटेचौर सल्यान सडक खण्डको गुर्भाकोट-३ को भुजेल र राप्ती राजमार्गअन्तर्गत रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–३ को खारानेटामा पनि सडक अवरुद्ध भएको प्रवक्ता श्रेष्ठले बताए । ‘अवरुद्ध सडक खुलाउन प्रहरी, स्थानीय र जनप्रतिनिधि सक्रिय छन् । यद्यपि पानी परिरहेका कारण पहिरो पन्छाउन समस्या भएको छ’, उनले भने। 

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ३ : २७ बजे

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने

तोडियो चुनावअघि गठबन्धन गर्ने दलहरूको परम्परा

काठमाडौं – दलहरुबीच चुनावअघि नै गठबन्धन गर्ने परम्परा यसपटक उल्टिएको

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन