अविरल वर्षाले तीन हजारभन्दा बढी घर डुबानमा « Khabarhub

अविरल वर्षाले तीन हजारभन्दा बढी घर डुबानमा


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

देउखुरी– गत मङ्गलबारदेखि परेको अविरल वर्षाका कारण दाङका अधिकांश बस्ती डुबानमा परेका छन् । लमही नगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकामा धरै क्षति भएको छ । स्थानीय खोलामा आएको बाढीका कारण बस्तीमा पानी पसेको छ । तीन हजार पाँच सय घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए ।

राप्ती नदी, बबई नदी र अन्य खहरे खोलामा आएको बाढी बस्तीमा पस्दा तीन हजार पाँच सय ३५ घर डुबानमा परेका छन् भने ५८ घर भत्किएको जिल्ला आपतकालीन सञ्चालन केन्द्रले जनाएको छ । घर डुबानमा परेपछि विस्थापित डुङ्गाको प्रयोग गरेर आफन्तको घरमा आश्रय लिएर बसेका छन् । 

सबैभन्दा बढी देउखुरी क्षेत्रमा क्षति भएको छ । लमही नगरपालिका, राजपुर गाउँपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिका पूर्णरूपमा प्रभावित बनेका छन् । यस्तै घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, दङ्गीशरण गाउँपालिका, बबई गाउँपालिका र शान्तिनगर गाउँपालिकाका अधिकांश वडा बाढीका कारण प्रभावित छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ३ : ४७ बजे

विष्णु पौडेलको पक्राउ गैरकानुनी र प्रतिशोधपूर्ण : एमाले

काठमाडौं – नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रविको प्रतिवेदन : प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्ताव, दुईतिहाइको रक्षा गर्दै सुशासनको नयाँ युगमा लैजाने संकल्प 

चितवन-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सभापति रवि लामिछानेले राजनीतिक

आजका समाचार : नयाँ नेतृत्वतिर रास्वपा, विष्णु पौडेल पक्राउले तरंग, इरान अमेरिका सम्झौता टिक्नेमा शंका र विश्वकपमा मेस्सीको जादु निरन्तर 

समूहगत दबाबमा रवि-बालेन, जेन-जीका नाममा सुधनको ‘बार्गेनिङ’राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो

द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन

एजन्सी– इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्ट्रेट अफ हर्मुज’

रविले दिए सभापति पदमा उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको सभापति