प्युठान पहिरो अपडेट : तीन शव निकालियो, तीनजना अझै बेपत्ता | Khabarhub Khabarhub

प्युठान पहिरो अपडेट : तीन शव निकालियो, तीनजना अझै बेपत्ता


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्युठानमा शुक्रबार पहिरोमा पुरिएर बेपत्ता भएका तीन जनाको शव आज निकालिएको छ । तीन जना अझै बेपत्ता छन् । प्युठानको माण्डवी गाउँपालिका–४ फरिन्डेमा स्थानीय बमबहादुर राहु मगरको घर पहिरोमा पुरिएको थियो । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता एवम् प्रहरी निरीक्षक सुशिल थापा मगरका अनुसार पहिरोमा पुरिएकी ५५ वर्षीया थमा बुढामगर, १८ वर्षीया मौसमी थापा र २१ वर्षीया टेकी राहु मगरको शव पहिरोबाट निकालिएको हो । प्रहरीले स्थानीयको सहयोगमा शव निकाल्ने काम गरेको हो । 

उक्त पहिरोमा परी ६० वर्षीय बमबहादुर राहु मगर, चार वर्षीय सुसान्त राहु मगर र ६० वर्षीय हिराबहादुर थापा मगर अझै बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ । प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल र प्रहरी नायब उपरीक्षक सुवाश खड्कासहितको टोली दुई दिनदेखि घट्नास्थलमै रहेको प्रवक्ता थापा मगरले जानकारी दिए । 

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ४ : ४४ बजे

बीमाप्रतिको विश्वसनीयता बढाउनुपर्छ : मुख्यमन्त्री चौधरी

दाङ – प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बीमा सेवाको विश्वसनीयता बढाउनुपर्ने

रुसी राष्ट्रपति पुटिनले साउदी र युएईको भ्रमण गर्दै

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार साउदी अरब र

एनसेल बिक्री प्रकरणको तत्काल छानबिन गर्न राप्रपाको माग

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दूरसञ्चार सेवा प्रदायक कम्पनी

वीरगन्जसँग बराबरीमा रोकियो ललितपुर

काठमाडौं – ललितपुर सिटी फुटबल क्लबलाई बराबरीमा रोक्दै वीरगन्ज युनाइटेड

भारत र पाकिस्तानलाई हराउँदै सेमिफाइनलमा पुग्ने नेपालको लक्ष्य

काठमाडौं – नेपालको युवा क्रिकेट टोलीका कप्तान देव खनालले एसीसी