अन्तर्राष्ट्रिय सहकारी दिवसमा महासंघले विशेष समारोह गर्ने « Khabarhub

अन्तर्राष्ट्रिय सहकारी दिवसमा महासंघले विशेष समारोह गर्ने


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सहकारी महासंघले अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विशेष समारोहको आयोजना गर्ने भएको छ । 

महासंघले शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै समुन्नत विश्वका लागि समावेशी तथा दिगो समाधान अघि बढाउनु भन्ने अन्तर्राष्ट्रिय थिमका साथ विशेष रूपमा अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने जनाएको छ ।

महासंघले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको समेत आयोजनामा औपचारिक कार्यक्रमको आयोजना गरेको महासंघकी अध्यक्ष ओमदेवी मल्लले जानकारी दिइन्।

कार्यक्रममा अन्तर्राष्ट्रिय थिममा आधारित कार्यपत्र प्रस्तुत हुने, हेफर इन्टरनेशनल नेपाल र महासंघको संयुक्त अध्ययन प्रतिवेदन सार्वजनिक हुने तथा सहकारी क्षेत्रमा महत्त्वपूर्ण योगदान पुराउने व्यक्तिहरूलाई सम्मान गरिने मल्लले बताइन् ।  

अन्तर्राष्ट्रिय सहकारी महासङ्घले सन् १९२३ देखी अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन सुरु गरेको हो । सहकारी दिवस मनाउने क्रममा संयुक्त राष्ट्र सङ्घले समेत समुदायको सामाजिक आर्थिक तथा सांस्कृतिक विकासमा सहकारीको महत्त्वपूर्ण योगदानको कदर गर्दै सन् १९९५ देखी संयुक्त राष्ट्र सङ्घ अन्तर्राष्ट्रिय सहकारी दिवसको रूपमा मनाउन थालेको हो । 

हरेक वर्षको जुलाई महिनाको पहिलो शनिबारका दिन विश्वभरि सहकारी दिवस मनाइन्छ । 

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  १ : २२ बजे

अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्यांकर ध्वस्त

एजेन्सी– अमेरिका र इरानबीच जारी सैन्य संघर्ष थप चर्किएको छ।

‘भोटेकोशी बाढीमा परेकाहरू प्राकृतिक विपत्तिका मृतक होइनन्, जलवायु अन्यायका पीडित हुन्’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ

मोदी खोलामा बजेको खतराको घण्टी !

गण्डकी– हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक

‘विवादित पात्रलाई जेन-जीको मञ्चमा किन ल्याइयो, सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले जेनजी सहिदहरूको स्मृति सभाको

रविले संसद्‍बाट भने : बाढीपीडितलाई गाली, साइबर बुलिङ र अपमान गर्ने अन्धसमर्थक रास्वपालाई चाहिँदैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन