क्रिमियाली पुलमा भएको विस्फोटमा तीन जनाको मृत्यु | Khabarhub Khabarhub

क्रिमियाली पुलमा भएको विस्फोटमा तीन जनाको मृत्यु


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

मस्को – क्रिमियाली पुलमा शनिबार बिहान भएको विस्फोटमा परी तीन जनाको मृत्यु भएको रूसी अनुसन्धान समितिले जनाएको छ ।

बिस्फोटपछि क्रिमियाली पुलको रेल र सडक दुवै भागमा यातायात स्थगित गरिएको छ । बिस्फोटका कारण केर्च स्ट्रेटमा यात्रा गर्ने क्रममा मालवाहक रेलमा आगो लागेको थियो ।

“तमान प्रायद्वीपबाट आउँदै गरेको एउटा विस्फोटक पदार्थ राखिएको ट्रकमा आइतबार बिहान ६ः०७ बजे क्रिमियाली पुलको सडक भागमा विस्फोट भएको थियो । बिस्फोटका कारण क्रिमियाली प्रायद्वीपतर्फ जाँदै गरेको रेलको इन्धनको सातवटा ट्याङ्कीमा आगो लागेको थियो ।

‘बिष्फोटका कारण पुलको दुई भाग आंशिक रूपमा भत्किएको छ,’ रूसको राष्ट्रिय आतंकवाद विरोधी समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले घटनाको कारण पत्ता लगाउन र यसको परिणामलाई छिटो सम्बोधन गर्न सरकारी अधिकारीको नेतृत्वमा अनुसन्धान समिति गठन गर्न आदेश दिनुभएको छ ।

रसियाको फेडरल एजेन्सी फर सी एण्ड इनल्याण्ड वाटर ट्रान्सपोर्टका अनुसार केर्च स्ट्रेटपार गर्ने नेभिगेसन मार्गमा कुनै अवरोध आएको छैन ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ८ : ११ बजे

११ महिनामा भित्रिए ९ लाखभन्दा बढी पर्यटक

काठमाडौं- सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी विदेशी

भूकम्प प्रभावित पत्रकारका लागि सहयोग

काठमाडौं- जाजरकोट र रुकुम पश्चिममा कात्तिक १७ गते राति गएको

गिनी बिसाउको राजधानीनजिकै गोली हानाहान

बिसाउ- अफ्रिकी मुलुक गिनी बिसाउमा नेसनल गार्डका सैनिक र विशेष

रक्सी पिएका छोराले कुट्दा बुबाको मृत्यु

रसुवा- उत्तरी रसुवामा रक्सी पिएका छोराले कुटपिट गर्दा बुबाको मत्यु

एचआईभी नियन्त्रणमा उल्लेखनीय प्रगति भएको छ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले एचआईभी नियन्त्रणमा नेपालले उल्लेखनीय