कैलालीमा बाढीका कारण पाँच सय बढी मानिस विस्थापित | Khabarhub Khabarhub

कैलालीमा बाढीका कारण पाँच सय बढी मानिस विस्थापित


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

धनगढी- असोज २० गते देखि भइरहेको अबिरल बर्षाका कारण कैलालीको भजनी नगरपालिकाका विभिन्न वडामा बाढी आएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरिक्षक वेदप्रकाश जोशीका अनुसार बिहीबारदेखि भइरहेको अविरल वर्षाका कारण भजनी २, ३, ७ र ८ मा रहेका वस्तिमा बाढी पसेको हो । बाढीका कारण हाल सम्म ५ सय बढी मानिस विस्थापित भएका उनले बताए ।

जोशीका अनुसार भजनी–२ स्थित पल्टापुर, मोहनपुर र तीन घरुवा टोलका कम्तिमा १ सय २५ घरमा काँडा नदीको बाढी पसेको छ । बस्तिमा बाढी पसेपछि त्यहाँका नागरिक स्थानीय राष्ट्रिय माध्यमिक विद्यालय पल्टापुरमा बसेका छन् ।

यसैगरी भजनी– ७ को शिविर टोलमा कान्द्रा नदीको बाढी पस्दा करिव ४० घर डुवानमा परेका छन् । तर त्यहाँका नागरिक भने हाल सम्म विस्थापित नभएका जोशीले बताए ।

यसैगरी भजनी–८ स्थित खल्ला टोलमा पथरिया नदीको बाढी पस्दा कम्तिमा ८० घर डुबानमा परेका छन् । ती क्षेत्रका नागरिक हुलाकी सडकमा त्रिपाल गाडेर बसिरहेका जोशीले बताए । यसैगरी वडा नम्बर– ३ मा आकासे पानी जमेर कम्तिमा ८० घर डुवानमा परेका छन् । सो क्षेत्रमा नागरिक पनि अहिले हुलाकी सडक खण्डमा त्रिपाल टाँगेर बसिरहेका प्रबक्ता जोशीले बताए ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ९ : ३९ बजे

राष्ट्र बैंकको गभर्नर ‘काङ्ग्रेसले पाउन’ मिल्छ ?

काठमाडौं – केन्द्रीय बैंकमा गभर्नर नियुक्तिमा दलीय रस्साकस्सी चलिरहँदा नेपाली

जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि कुँवर र बुढालाई

जुम्ला– जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि दलबहादुर कुँवरले जितेका छन् ।

प्रदेश र स्थानीय तहको सहकार्यमा गाउँमै रोजगारी सिर्जना गर्छौंः मुख्यमन्त्री पाण्डे

ढोरपाटन– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश र स्थानीय सरकारको

म्याग्दी पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा

म्याग्दी (बेनी)– म्याग्दी पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा भएको

युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ता गर्न ‘तयार’ : जेलेन्स्की

किएभ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोले सोमबारदेखि ३० दिने युद्धविराम