गर्भवती र सुत्केरीको हेरचाह कसरी गर्ने ? | Khabarhub Khabarhub

गर्भवती र सुत्केरीको हेरचाह कसरी गर्ने ?

‘चिसोको बेलामा उनीहरूलाई कब्जियत हुन सक्ने सम्भावना हुन्छ’



चिसोको समयमा गर्भवती र सुत्केरीको खाना र पोषणमा बढी ध्यान दिनुपर्छ । यो अवस्थामा कसै-कसैलाई खाना रुच्दैन । अमिलो खान मन लाग्न सक्छ । अमिलोका लागि कागती, अमला दिन सकिन्छ । घरमा बनाएको अचार दिन सकिन्छ । आलस एवं तिल आदिको छोप बनाएर दिनुपर्छ ।

कतिपय ठाउँमा गर्भवतीलाई केरा-दूधजस्ता पौष्टिक पदार्थ खान दिइन्न, यो गलत चलन हो । कतिपय ठाउँमा गर्भवतीलाई नातेदारले बोलाएर ख्वाउने चलन छ । यस्तो बेलामा उनीहरूलाई मन पर्ने र सहजै पच्ने परिकार दिनुपर्छ ।

गर्भवतीले पौष्टिक खाना खाए शिशु पनि स्वस्थ हुन्छन् । गर्भवतीमा रगतको कमी भए स्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्छ । गर्भवतीलाई रक्तअल्पता हुन नदिन भोजन र आराममा ध्यान दिनुपर्छ ।
चामल, गहुँ, कोदो, फापर, पुवा, सिमी, हरियो तरकारी आदि प्रत्येक दिन खानुपर्छ । गर्भवतीलाई प्रोटिन चाहिन्छ । यी अन्नमा पनि केही प्रोटिन पाइन्छ ।

तर, प्रोटिनको मुख्य स्रोत गेडागुडी, दाल, अण्डा, मासु हुन् । माछा, मासु खान मन नलाग्ने महिलालाई प्रोटिनका लागि उमारेका गेडागुडी उत्तम मानिन्छ । यी खानेकुरामा आइरन तत्व पनि पाइन्छ । यस्ता खानेकुरा खाँदा भिटामिन ‘सी’ भएका खानेकुरासँग खानुपर्छ ।

यसले शरीरमा आइरन तत्व राम्रोसँग शोषण हुन्छ । गर्भावस्थामा क्याल्सियमको बढी जरुरत पर्छ । अस्पतालमा दिने क्याल्सियम चक्की भन्दा घरेलु खानामा पाइने क्याल्सियममा बढी ध्यान दिनुपर्छ । आलस, तिल, भटमास, राजमा आदिमा क्याल्सियम पाइन्छ । गर्भवतीले चिनी, केक, कोक, फ्यान्टा एवं बट्टाको फलफूलको रस खानु हुँदैन । चिनी पनि दिनमा तीन चम्चाभन्दा बढी खान हुँदैन ।

गर्भवतीले बट्टाका खानेकुरा हर्लिक्स, बोनभिटा आदि प्रयोग गर्नु हुँदैन । यसमा धेरै चिनी हुन्छ । यसको सट्टामा चना, अमला, कागती एवं स्थानीय फलफूल खान सकिन्छ । कोदोको हलुवा, फापरको रोटी, चामलको खीर, दालका विभिन्न परिकारबारा-सुप आदि बनाएर खान सकिन्छ ।

यो बेलामा उनीहरूलाई कब्जियत हुन सक्ने सम्भावना हुन्छ । कब्जियत भएपछि महिलालाई समस्या पार्न सक्छ । यसका लागि रेसादार तत्व भएको हरियो तरकारी, मटर, काउली, पालुङ्गोको साग आदि खान दिनुपर्छ । त्यसैगरी आलस तिल, भम्किलो तिल आदिमा पनि पर्याप्त रेसादार तत्व पाइन्छ ।

विभिन्न फलफूल बोक्रासहित खानाले पनि रेसादार तत्व शरीरमा पुग्छ । गर्भवतीको खाने कुरा स्वस्थ हुनैपर्छ । यस्तो खानेकुरा सुत्केरी महिलालाई र घरपरिवारका सदस्यले खान दिन सक्छन् । गर्भवती र सुत्केरी महिलालाई शरीरमा लौह तत्व राम्रोसँग शोषण हुनुपर्छ । यसका लागि फलामको भाँडामा दाल–तरकारी पकाउन सकिन्छ । घरमा फलामको भाँडा छैन भने प्रेसरकुकरमा एउटा फलामको डल्लो हाल्न सकिन्छ ।

गर्भवतीलाई भिटामिन ‘ए’ को कमीले राति दृष्टि दोष र भ्रुण अस्वस्थ हुन सक्छ । यसका लागि फर्सी, मेवा र पहेंला तरकारी खानुपर्छ । गर्भवतीलाई ताजा मन पर्ने खाना दिनुपर्छ । हर्मोनको कारणले गर्भावस्थामा सुत्केरीलाई कब्जियतको समस्या हुन सक्छ । त्यसैले रेसादार तत्व पर्याप्त भएको खाना खानुपर्छ । पानी, दालको झोल, मोही, दूध एवं झोल पदार्थ पनि दिनुपर्छ ।

रेसादार तत्व भएका अन्नहरू जस्तो कोदो, फापर, पुवा आदि हुन । त्यसैगरी हरियो तरकारी तथा फलफूलमा पनि रेसादार तत्व पाइन्छ । तर बट्टाको फलफूल खानु हुँदैन । यसमा धेरै चिनी हुन्छ ।

सुत्केरी भइसकेपछि ज्वानो, माछा-मासुको झोल आदि खाँदा आमाको शरीर तङ्ग्रिन्छ । आमाको स्तनबाट दूध पनि बढी आउँछ । सुत्केरीमा तीन पटक चाकु र भात दिने चलन छ । यसले गर्दा मोटोपन बढ्न सक्छ । चाकु स्वास्थ्यका लागि राम्रो हो ।

यसमा पर्याप्त मात्रामा लौह तत्व र क्याल्सियम हुन्छ । यसले आमाको स्वास्थ्यलाई राम्रो गर्छ । तर दिनको तीन पटक खाँदा बेफाइदा गर्छ । कहिले भात र कहिले रोटी दिन सकिन्छ । गहुँ कोदो, फापर, भटमासको आटाको विभिन्न मिश्रित पिठोबाट बनेको रोटी धेरै स्वस्थकर हुन्छ ।

नेपालका विभिन्न जनजातिमा सुत्केरीलाई विशेष पकवान बनाइन्छ । यी पकवाहरूले शरीर छिटो तंग्रिन सहयोग गर्छन । मेथी भिजाएर त्यसको खीर बनाई सुत्केरीलाई दिइन्छ । यसले गर्दा सुत्केरीलाई लौह तत्व पुग्छ । मेथीमा रेसादार तत्व पनि हुन्छ । त्यसले कब्जियत हुनबाट रोक्छ । त्यसैगरी मेथीको टुसा उमारेर कागती र नुन हालेर दिन सकिन्छ ।

पत्रु खाना खान दिनु हुँदैन । यस्ता प्याकेटका वस्तुमा धेरै नुन हुन्छ । यसमा प्रोटिन सूक्ष्म पोषक तत्व हुँदैन । रेसादार तत्व पनि हुँदैन । यस्तो खानाले सुत्केरीलाई हानी गर्छ । स्तनबाट राम्रोसँग दूध पनि आउँदैन । नुन बढी भएको खानाले सुत्केरीलाई समस्या पार्न सक्छ । स्वस्थकर खानाले यस्ता समस्या हुनबाट रोक्न सक्छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ११ : ३१ बजे

महाकाली करिडोर : योजनामा उत्साह, कार्यान्वयनमा निराशा

कञ्चनपुर- यहाँको भीमदत्त नगरपालिका–९ टुडिखेलका लोकबहादुर थापामगर २०६५ सालमा डडेल्धुराको

आश्रम निर्माणका लागि एकै दिन ५५ लाख रुपैयाँ सङ्कलन

बागलुङ– मानव सेवा आश्रम बागलुङ शाखाको भवन मिर्नाणका लागि आयोजना

स‌खुवासभा भोटखोलाका विद्यार्थीलाई न्यानो कपडा वितरण

सङ्खुवासभा– संखुवासभाको भोटखोला गाउँपालिका–१ किमाथाङ्कास्थित हिमाल आधारभूत विद्यालयका विद्यार्थीलाई सशस्त्र

हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थानान्तरण

मुस्ताङ– एक साताअघि परेको भारी हिमपात र अत्यधिक चिसो बढेसँगै

हङकङ सिक्सेस : यूएईले नेपाललाई दियो १३० रनको चुनौती

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा यूएईले नेपाललाई १३०