‘रोटा भाइरस’ले चिसोमा बच्चालाई ‘डाइरिया’ हुन्छ « Khabarhub

‘रोटा भाइरस’ले चिसोमा बच्चालाई ‘डाइरिया’ हुन्छ

'पानीको मात्रा कमी हुन दिनु हुँदैन’



चिसो मौसम बढेसँगै बालबालिकामा धेरै समस्या देखा परेका छन्। साथै पछिल्लो समय बालबालिकामा ‘कोल्ड डाइरिया’ धेरै हुने गरेको छ। त्यसैले यो के कारणले हुन्छ त ? यसै विषयमा आधारित भएर वरिष्ठ बाल रोग विशेषज्ञ डा. उमा गुरुङसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

पछिल्लो समय बालबालिकामा कोल्ड डाइरिया धेरै हुने देखिएको छ, यसलाई हामीले कसरी बुझ्ने ?
अहिले बालबालिकामा कोल्ड डायरियासँगै ज्वरो र रुघाखोकी पनि धेरै छ। त्यसमा हामीले ४५ दिनदेखि इन्जेक्सनको दुई डोज दिन्छौँ। तर, इन्जेक्सन दिँदा पनि हाम्रो खानपान, भाइरस पानी, वातावरणबाट सर्ने गर्दछ। यो देखिने रोटा भाइरस हो। रोटा भाइरसले गर्दा सुरुमा बच्चाले बान्ता गर्छ, अनि डाइरिया सुरु हुन्छ। यसको लागि यान्टिबायोटिकले काम गर्दैन। सानो बच्चा छ भने आमाको दूध प्रशस्त मात्रामा खुवाउनु पर्दछ। ठूलो बच्चा छन् भने दालको रस, दुई लिटर पानीमा एक प्याकेट जीवनजल पानी र झोल कुरा प्रशस्त मात्रामा खुवाउनु पर्दछ। यो पाँच दिन जति हुन्छ र त्यसपछि आफै निको भएर जान्छ। अरू भाइरल ब्याक्टेरिया जस्तो औषधिले निको भइहाल्दैन। त्यसैले आँत्तिएर अस्पताल गइहाल्नु पर्दैन।

यो औषधिले किन काम नगरेको ?
अरू ब्याक्टेरियल भयो भने औषधिले काम गर्दछ। तर, यो भाइरल भएको कारणले औषधिले निको भइहाल्दैन। त्यसमा दिन सकिने भनेको इन्जाइम हो। यसको समाधान भनेको जीउमा पानी कम हुन दिनु हुँदैन।

यो कुन उमेर समूहमा देखा परेको छ त ?
यो ९ देखि १० वर्ष सम्मकोलाई धेरै हुन्छ। तर, तल सानो बालबालिकामा डायरिया हुने हुन्छ।

कोल्ड डायरिया हुँदा कस्तो अवस्थामा घरमा नै उपचार गर्ने र कस्तो अवस्थामा अस्पतालमा नै जाने ?
जबसम्म बच्चाले पानी राम्रोसँग खान्छ, पिसाब राम्रोसँग फेर्छ र शरीरमा पानीको मात्रा पुग्छ, तबसम्म अस्पताल जानु पर्दैन। बच्चाको एकदम आँखा धसिएर, छाला चाउरिएर, मुख प्याक प्याक सुनिएर गएको छ भने घरमा नै राख्नु हुँदैन।

अस्पताल गएपछि कति समय उपचारपछि निको हुन्छ ?
अलिअलि डाइरिया भएर रुघाखोकी लाग्यो भने कसैले त आत्तिएर अस्पताल लिएर आइहाल्नु हुन्छ। पहिला मान्छे धामी, झाँक्री भनेर बसेर ढिलो आउँथे तर अहिले मानिस भाइरस भएको हो कि भनेर धेरै चाँडो आउँछन्। पहिला त बच्चालाई झोलिलो कुरा खुवाउने, मुख्य त जीवनजल पानी, फलफूलको रस दिन सकिन्छ। त्यो हुँदा हामीले केही औषधि दिएर पठाउँछौँ। बच्चा धेरै गार्हो भएको छ भने हामी आईभी लाइनबाट स्लाइन पानी दिएर भर्ना गरेर राख्छौँ। यो पाँच दिन जतिमा निको हुन्छ।

समयमा अस्पताल नपुगे कस्तो जोखिम हुन्छ ?
जोखिम त हुन्छ, गाउँघर तिर नजिकमा अस्पताल भएन भने भातको माडहरू खुवाउने, जाउलो, जीवनजल पानी खुवाउने, झोलिलो कुराहरू खुवाउने, यदि केही भएन भने पनि सादा पानी मात्र भए पनि खुवाउनु पर्दछ।

यस्तो समस्या नआओस् भनेर पहिला नै के के कुरामा ध्यान दिने त?
बालबालिकामा बाहिरको खानाहरू चकलेट चिजबलहरु धेरै नखुवाउने, नराम्रो पानी खायो भने स्कुलले पनि ध्यान दिने र घर परिवारले नै ध्यान दिने। घरको राम्ररी पकाएको खाना खुवाउने।

अहिलेको बच्चाले घरको भन्दा बाहिरको खाना धेरै खान रुचाउँछन् त्यसको लागि घर परिवारले के गर्ने त ?
सानै देखिनै बच्चालाई केही बाहिरको नखुवाउने, बच्चामा धेरै मोबाइल पनि नदिने, खानामा पनि पहिलादेखि नै बाहिरको खाना खानु हुँदैन है भनेर बुझाउने। घरमा नै सफा बनाएर खानेकुरा खान दिने।

सानैदेखि खाना खुवाउँदा कस्तो कस्तो खाना खुवाउने त ?
सुरुको ६ महिना बच्चालाई आमाको दूध खुवाउनु पर्दछ। ६ महिनापछि अरू खाना दाल भात खुवाउने, रोटीहरू खुवाउने, तरकारीहरूमा साग, बट्टाईको अन्डा खुवाउने। दाल बनाउँदा त्यसमा साग हाल्ने चामल हालेर खुवाउने र लिटो खुवाउने। सकेसम्म बाहिरको खाना नखुवाउने। हामी पनि सानोमा दाल भाल, मकै, भटमास खाएर नै हुर्केको हो। अहिले डाक्टर भयौँ। बाँचेको छौँ। किन अहिले पिज्जा मःम खुवाउने। बाहिरको खाना कहिले काँही खुवाउँदा हुन्छ तर मोटाउने कुनै औषधिहरू नखुवाउने। माछा मासु दिने, दिनमा एउटा अण्डा खाना दिने। बाहिरको अजिनामोटोको स्वादले मान्छे धेरै आकर्षित हुन्छ र घरको केही खाँदैन। बच्चालाई मोबाइल फोन चाहिँ दिँदै नदिनुहोस् भन्न चाहन्छु। किन भने पछि उच्च ध्यान घाटा हुने,पछि गएर ५० थरी रोग हुन्छ।

प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ७ : २५ बजे

भरतपुर माविलाई बनाइयो नमूना मतदानस्थल

काठमाडौं– बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि चितवनस्थीत भरतपुर माविलाई नमूना

६ प्रकारका सरकारी कागजातमध्ये एक सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौं– बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र

मध्यपूर्वको परिस्थितिका कारण नेपालमा आयोजना हुने लिग-२ का खेलहरू स्थगित

काठमाडौं- नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप लिग-२

इरानमाथि युद्ध थोपरिएपछि विरोधमा उत्रियो स्पेन, ट्रम्पले दिए धम्की

मड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले इरानमाथि भएको आक्रमणको आलोचना गरेका

जावलाखेल मतदान केन्द्र महिलामैत्री बनाइयो

काठमाडौं– बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुरको क्षेत्र नम्बर