डेनमार्कको कतार विश्वकप टोली तयार « Khabarhub

डेनमार्कको कतार विश्वकप टोली तयार


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – म्याचेस्टर युनाइटेड मिडफिल्डर क्रिष्टियन इरिक्सनलाई समेट्दै डेनमार्कले कतार विश्वकप टोली तयार पारेको छ।

प्रशिक्षक कास्पर हजुलमान्डले सन् २०२० युरो खेल क्रममा अचेत भइ मैदान ढलेका इरिक्सनसहित २१ खेलाडीको नाम सार्वजनिक गरेका हुन्।

कास्परले पाँच थप खेलाडी केहि दिनपछि सार्वजनिक गर्ने बताएका छन्। ‘ती १०–१२ खेलाडी अन्तिम स्थानका लागि तयारी गरिरहेका छन्,’ कास्परले भनेका छन्।

इरिक्सन मैदानमा ढलेपछि आठ महिना फर्किएका थिए। फिनल्यान्डविरुद्ध जुन १२ मा उनि मैदानमा ढलेका थिए। यसपछि उनि इन्टर मिलानबाट प्रिमियर लिग क्लब ब्रेन्टफोर्ड पुगेका थिए। यसपछि युनाइटेड पुगेका हुन्।

त मार्चमा अन्तर्राष्ट्रिय खेलमा फर्कदै इरिक्सनले नेदरल्यान्ड्सविरुद्ध गोल गरिसकेका छन्।

डेनमार्कको टोलीमा नियमित कप्तान सिमोन केजाएरले स्थान बनाएपनि लेस्टर सिटी डिफेन्डर जानिक भेस्टरगार्ड र आरबी लाइपजिगका स्ट्राइकर युसुफ पाउल्सेन भने समावेश हुने छैनन्।

समूह डी मा रहेका डेनमार्कले २२ नोभेम्बरमा ट्युनिसियासँग खेल्दै विश्वकप सुरु गर्नेछ। यसपछि साविक विजेता फ्रान्स र अस्ट्रेलियासँग खेल्नेछ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ९ : २४ बजे

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ– कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला ?  सहजै

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कुट्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

काठमाडौँ – काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार

प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको

आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

काठमाडौँ – इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल)