महोत्तरीमा जसपाबाट निर्वाचित उपमेयर गठबन्धनका उम्मेदवार गिरिराजमणी पोखरेलको पक्षमा « Khabarhub

महोत्तरीमा जसपाबाट निर्वाचित उपमेयर गठबन्धनका उम्मेदवार गिरिराजमणी पोखरेलको पक्षमा


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महोत्तरी जिल्लाको गौशाला नगरपालिकाकी उपमेयर रेणु कुमारी महतोले सत्ता गठबन्धनका साझा उम्मेदवार गिरिराजमणी पोखरेल नै आफूहरूको भरोसा भएको टिप्पणी गरेकी छिन् ।

क्षमतावान् उम्मेदवारको हिसाबले पोखरेलले नै जित्ने देखिएको बताउँदै अवस्था हेरेर समर्थन गर्ने तयारी गरेको उनको भनाइ छ ।

‘पोखरेलले जितेपछि नगरको समुन्नतीमा बलियो सहयोग पुग्नेमा विश्वस्त रहेको छु’ उनले भनिन्, ‘स्वास्थ्य र शिक्षामा गौशाला पछाडी परेको छ यस्लाई उहाँले सम्बोधन गर्नुहुनेछ ।’

जसपाबाट निर्वाचित भएकी महतो अहिले जसपाप्रति त्यति सन्तुष्ट छैनन् । नगरपालिकामा नगरप्रमुख र उनको असमझदारीले दूरी बढदै गएको स्थानीय बताउँछन् ।

नेकपा एमाले र जसपाको गठबन्धन भएपछि प्रतिनिधिसभाको टिकट पाउन जसपाका नेता लक्ष्मी महतो एमाले प्रवेश गरेका छन् भने प्रदेशसभामा क्षेत्र (ख) मा भने जसपाको नै उम्मेदवार छन् ।

क्षेत्र नम्बर १ (क) प्रदेशसभा र प्रतिनिधिसभामा भने नेकपा एमालेको भागमा परेको छ । घरदैलो अभियानका क्रममा पोखरेललाइ आज उपमेयर महतोले सहयोग गर्ने आस्वासन दिएकी थिइन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ६ : २८ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना