उधौलीले सामाजिक सद्भाव अभिवृद्धि गर्न भूमिका खेलेको छ : प्रधानमन्त्री देउवा « Khabarhub

उधौलीले सामाजिक सद्भाव अभिवृद्धि गर्न भूमिका खेलेको छ : प्रधानमन्त्री देउवा


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले किराँत समुदायको पर्व उधौलीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

उधौली पर्वका अवसरमा शुभकामना दिँदै उनले यस पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

किराँत समुदायमा जाडो मौसम सुरु भएछि हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरू भई १५ दिनसम्म विभिन्न क्रियाकलापका साथ उधौली पर्व मनाउने परम्परा रहेको छ। यस पर्वका अवसरमा किराँत समुदायका मूलतः राई, लिम्बू, याख्खा र सुनुवारले नयाँ अन्नबाली पितृलाई चढाई पितृपूजा गर्ने गरिन्छ। उधौली पर्वका अवसरमा परम्परागत वेषभूषा लगाई सार्वजनिकस्थलमा भेला भएर सामूहिकरूपमा साकेला नृत्य गर्ने प्रचलनसमेत रहेको छ।

प्रधानमन्त्री देउवाले विभिन्न जातजाति र समुदायको साझा फूलबारीका रूपमा रहेको नेपालमा उधौलीजस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव अभिवृद्धि गर्न अहम भूमिका निभाएको उल्लेख गरेका छन्। यस पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नसमेत सहयोग गरेको उनले उल्लेख गरेका छन्।

उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्ने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले प्रकृतिको सम्मान गर्दै सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न यस पर्वले सहयोग गरेको बताएका छन्।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  ७ : ४२ बजे

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय