मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान र लिथुवानियास्थित भिलनियस विश्वविद्यालयबी समझदारी | Khabarhub Khabarhub

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान र लिथुवानियास्थित भिलनियस विश्वविद्यालयबी समझदारी


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर – मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान र लिथुवानियास्थित भिलनियस विश्वविद्यालयबीच ‘एकेडेमिक एक्सचेन्ज प्रोग्राम’ गर्ने समझदारी भएको छ। स्वास्थ्य सेवाका अनुभवसहित विविध पक्षको आदानप्रदान गर्ने उद्देश्यले प्रतिष्ठान र भिलनियस विश्वविद्यालयबीच समझदारी भएको हो।

समझदारी गर्ने निर्णयसँगै लिथुवानियाबाट आएका टोलीले बुधबार प्रतिष्ठानअन्तर्गतको अस्पताल निरीक्षण तथा अवलोकनसमेत गरेको छ। त्यसक्रममा टोलीका सदस्यहरुले प्रतिष्ठानअन्तर्गत दिइने सेवाका विषयमा जानकारी समेत लिएका छन्। त्यसैगरी दुवै पक्ष एक अर्कालाई आ–आफ्नो अनुभव, विचार र दक्ष व्यक्तिको आदानप्रदानका विषयमा परामर्शसमेत गरियो।

यो समझदारीबाट प्रतिष्ठानको सेवामा स्तरीयताका लागि सहयोग हुने प्रतिष्ठानका उपकुलपति डाक्टर रामकेवल साहले बताए। प्रतिष्ठानबाट हुने विभिन्न अनुसन्धानको काममा समेत यो विश्वविद्यालय सहयोग गर्ने उनको भनाइ छ। समझदारी कसरी कार्यान्वयन गर्ने विषयमा दुवै पक्षबीच गहन परामर्श भएकोसमेत प्रतिष्ठानले जनाएको छ। कार्यक्रममा भिलनियस विश्वविद्यालयका प्रतिनिधिसहित प्रतिष्ठानका रजिष्ट्रार डा विनोद यादवसहितको उपस्थिति थियो।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  ९ : २० बजे

पाल्पामा आज सिन्दुर जात्रा

तानसे– नेपाल–अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा आज पाल्पामा ऐतिहासिक

विपन्नलाई निःशुल्क दाँतको ‘इम्प्लान्ट’

चितवन–  यहाँको डा अजय एण्ड डा सरु फाउन्डेसन र बायोहोराइजनको सहयोगमा

प्रि-ओपन सेसन अपडेड : नेप्से झिनो अंकले बढ्यो

काठमाडौं– आइतबार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.४८ अंकले

शिव श्री हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने 

काठमाडौं– शिव श्री हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको

सुनको मूल्य तोलामै ७०० रुपैयाँले घट्यो, चाँदीको कति ? 

काठमाडौं– आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी रत्न