यःमरी पुन्हिको अवसरमा प्रदेश १ का मुख्यमन्त्री राईको शुभकामना « Khabarhub

यःमरी पुन्हिको अवसरमा प्रदेश १ का मुख्यमन्त्री राईको शुभकामना


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले हरेक वर्षको मार्ग शुक्ल पूर्णिमाका दिन मनाइने किराँतको महान् पर्व उधौली, लिम्बू समुदायको महान् चाड चासोक तङनाम र नेवारको महत्वपूर्ण पर्व यःमरी पुन्हिको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

उनले सन्देशमा भनेका छन्, ‘बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक नेपालमा विभिन्न जाति, भाषा, धर्म र समुदायले मनाउने चाडपर्व हाम्रा सम्पत्ति हुन्। विविधताबीचको एकता हाम्रो सौन्दर्य र हाम्रो शक्ति पनि हो। त्यसैले एकअर्काको भाषा, धर्म, संस्कृति, पर्व आदिलाई सम्मान र स्वीकार गर्दै राष्ट्रिय एकतालाई सुदृढ गर्नु सबै नेपालीको कर्तव्य र दायित्व हो।’

मुख्यमन्त्री राइले हामीले मनाउने पर्वहरूले सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने कामना र अपेक्षासहति फेरि पनि संसारभरि फैलिएर रहेका नेपालीमा शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  १० : ५० बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना