देशभरका नेवार समुदाय योमरी पुन्ही मनाउँदै « Khabarhub

देशभरका नेवार समुदाय योमरी पुन्ही मनाउँदै


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– घरघरमा योमरी पकाएर देशभरका नेवार समुदाय बिहीबार योमरी पुन्ही (पूर्णिमा) मनाउँदै छन् । नेपाल भाषामा योको अर्थ मनपर्ने र मरीको अर्थ रोटी हो । यस अर्थमा योमरीको अर्थ मनपर्ने रोटी हो ।  प्रत्येक वर्ष मंसिर शुक्ल पूर्णिमाको दिन एक प्रकारको रोटी योमरी खाएर देशभरका नेवार समुदायले योमरी पुन्ही मनाउँछन् । चामलको पिठोबाट बनेको एक प्रकारको रोटीभित्र चाकुको झोल राखी योमरी बनाइन्छ । हिजोआज चाकुका सटा खुवालगायतका अरु खाद्य पदार्थ राखेर पनि योमरी पकाउने चलन बढेको छ ।  

योमरी खाने दिन भएकाले यो पर्वका दिन नेवार समुदायका महिला आ-आफ्नो घरमा सबेरै उठेर योमरी पकाउँछन् । योमरीका साथ भोज खाँदा नियमित जस्तो खाना खाने चलन छैन । यो दिन नियमितजस्तो खाना खान नहुने विश्वास छ । त्यहीअनुसार यस दिन उनीहरू योमरीका साथ चिउरा, तरकारी, मासुलगायतका परिकारको भोज खान्छन् ।

देशभरका नेवारहरू यो पर्वका दिन योमरी पकाएर खान्छन् । योमरी सबै नेवारहरूको मौलिक सांस्कृतिक पहिचान हो । काठमाडौं उपत्यकामा बाहुल्य रहेको नेवार समुदाय देशका ठाउँठाउँमा फैलिएका छन् । पर्वका दिन नेवार समुदायको परिवारमा विशेष उल्लास हुन्छ । यस क्रममा घरका महिलाहरू सबेरै उठेर नुहाइधुवाई गरी चोखो हुन्छन् । साथै, बालबालिकाहरू यो दिन मीठोमसिनो खाई रमाउँछन् ।

एकदिनमै यो पर्व सकिँदैन । पर्वको चार दिनपछि विवाहिता छोरीहरू बोलाई सबैलाई लक्ष्मीको प्रसादको रूपमा योमरी बाँडिन्छ । पर्वको चार दिनपछि छोरीचेलीलाई बोलाएर योमरीका साथ भोज खुवाउने चलन अहिले पनि नेवार समुदायमा जस्ताको त्यस्तै छ । पर्वका दिन उनीहरू योमरी खाने, बाँड्ने र पूजा गर्ने चलन छ ।

संस्कृतिविद् ओम धौभडेलका अनुसार वर्षको सबैभन्दा लामो रात पनि यही समयमा पर्छ । योमरी बनाउँदा योमरीको चुच्चो जति लामो हुन्छ, त्यो रातको समय त्यत्तिकै लामो हुने भनाइ धौभडेलको भनाइ छ । त्यस्तै योमरीको सम्बन्ध मौसमसँग पनि जोडिएको उनी सुनाउँछन् । नेवार संस्कृतिमा नयाँ घर बनाइसकेपछि छानाबाट योमरी गुडाउने चलन पनि यद्यपि छ । साथै यहाँका धरोहरको रूपमा चिनिने मठमन्दिर, देवालय, शिवालय बहाबहीको वर्षबन्धनको दिन छानाबाट योमरी गुडाउने गरिन्छ ।

के हो योमरी ?

योमरी चामलको पीठोबाट बनाइने विशेष प्रकारको रोटी हो । चामलको पिठोलाई मनतातो पानी हालेर मुछी विशेष आकारमा योमरी तयार गरिन्छ । पानीको बाफबाट यसलाई उसिनेर पकाइन्छ । योमरीभित्र चाकु राखिएको हुन्छ । कसैले यसमा चाकु र तिलको मिश्रणसहित खुवा, मुगींको लिटो आदिले त्रिकोण आकारमा बनाइन्छ । वर्षको पहिलो धानबाट चामलको पिठो तयार गरी योमरी बनाइन्छ । मंसिरमा काटेर भित्र्याइएको धानको चामललाई पिठो बनाएर योमरी बनाउने चलन छ ।

 

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  १२ : ५९ बजे

अरनिकोले चीनमा कमाएको साख: चिनियाँले नपाएको सुविधा नेपालीलाई

चीनको राजधानी बेइजिङ आज विज्ञान, प्रविधि र आधुनिक विकासको विश्व–केन्द्रका

आईपीएल : लखनउलाई पाँच विकेटले पराजित गर्दै आरसिबी शीर्ष स्थानमा

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति सम्पन्न

पश्चिमी र स्थानीय वायुको प्रभाव: उच्च पहाडी र हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ– नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले पहाडी

खडेरी चिर्दै जलवायुमैत्री खेती: फेरिँदै किसानको जीवनस्तर

सिरहा– केही वर्ष अघिसम्म लक्ष्मीपुर पतारी गाउँपालिका–४ का प्रमोदकुमार मण्डललाई

रणनीतिक महत्वको सडक कालोपत्र सुरु भएपछि ताकमवासी उत्साहित

म्याग्दी– म्याग्दीको रणनीतिक महत्त्वको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ ताकममा