देशभरका नेवार समुदाय योमरी पुन्ही मनाउँदै | Khabarhub Khabarhub

देशभरका नेवार समुदाय योमरी पुन्ही मनाउँदै


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– घरघरमा योमरी पकाएर देशभरका नेवार समुदाय बिहीबार योमरी पुन्ही (पूर्णिमा) मनाउँदै छन् । नेपाल भाषामा योको अर्थ मनपर्ने र मरीको अर्थ रोटी हो । यस अर्थमा योमरीको अर्थ मनपर्ने रोटी हो ।  प्रत्येक वर्ष मंसिर शुक्ल पूर्णिमाको दिन एक प्रकारको रोटी योमरी खाएर देशभरका नेवार समुदायले योमरी पुन्ही मनाउँछन् । चामलको पिठोबाट बनेको एक प्रकारको रोटीभित्र चाकुको झोल राखी योमरी बनाइन्छ । हिजोआज चाकुका सटा खुवालगायतका अरु खाद्य पदार्थ राखेर पनि योमरी पकाउने चलन बढेको छ ।  

योमरी खाने दिन भएकाले यो पर्वका दिन नेवार समुदायका महिला आ-आफ्नो घरमा सबेरै उठेर योमरी पकाउँछन् । योमरीका साथ भोज खाँदा नियमित जस्तो खाना खाने चलन छैन । यो दिन नियमितजस्तो खाना खान नहुने विश्वास छ । त्यहीअनुसार यस दिन उनीहरू योमरीका साथ चिउरा, तरकारी, मासुलगायतका परिकारको भोज खान्छन् ।

देशभरका नेवारहरू यो पर्वका दिन योमरी पकाएर खान्छन् । योमरी सबै नेवारहरूको मौलिक सांस्कृतिक पहिचान हो । काठमाडौं उपत्यकामा बाहुल्य रहेको नेवार समुदाय देशका ठाउँठाउँमा फैलिएका छन् । पर्वका दिन नेवार समुदायको परिवारमा विशेष उल्लास हुन्छ । यस क्रममा घरका महिलाहरू सबेरै उठेर नुहाइधुवाई गरी चोखो हुन्छन् । साथै, बालबालिकाहरू यो दिन मीठोमसिनो खाई रमाउँछन् ।

एकदिनमै यो पर्व सकिँदैन । पर्वको चार दिनपछि विवाहिता छोरीहरू बोलाई सबैलाई लक्ष्मीको प्रसादको रूपमा योमरी बाँडिन्छ । पर्वको चार दिनपछि छोरीचेलीलाई बोलाएर योमरीका साथ भोज खुवाउने चलन अहिले पनि नेवार समुदायमा जस्ताको त्यस्तै छ । पर्वका दिन उनीहरू योमरी खाने, बाँड्ने र पूजा गर्ने चलन छ ।

संस्कृतिविद् ओम धौभडेलका अनुसार वर्षको सबैभन्दा लामो रात पनि यही समयमा पर्छ । योमरी बनाउँदा योमरीको चुच्चो जति लामो हुन्छ, त्यो रातको समय त्यत्तिकै लामो हुने भनाइ धौभडेलको भनाइ छ । त्यस्तै योमरीको सम्बन्ध मौसमसँग पनि जोडिएको उनी सुनाउँछन् । नेवार संस्कृतिमा नयाँ घर बनाइसकेपछि छानाबाट योमरी गुडाउने चलन पनि यद्यपि छ । साथै यहाँका धरोहरको रूपमा चिनिने मठमन्दिर, देवालय, शिवालय बहाबहीको वर्षबन्धनको दिन छानाबाट योमरी गुडाउने गरिन्छ ।

के हो योमरी ?

योमरी चामलको पीठोबाट बनाइने विशेष प्रकारको रोटी हो । चामलको पिठोलाई मनतातो पानी हालेर मुछी विशेष आकारमा योमरी तयार गरिन्छ । पानीको बाफबाट यसलाई उसिनेर पकाइन्छ । योमरीभित्र चाकु राखिएको हुन्छ । कसैले यसमा चाकु र तिलको मिश्रणसहित खुवा, मुगींको लिटो आदिले त्रिकोण आकारमा बनाइन्छ । वर्षको पहिलो धानबाट चामलको पिठो तयार गरी योमरी बनाइन्छ । मंसिरमा काटेर भित्र्याइएको धानको चामललाई पिठो बनाएर योमरी बनाउने चलन छ ।

 

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  १२ : ५९ बजे

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

काठमाडौं – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति