सवारी दुर्घटनामा जर्मन नागरिकको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा जर्मन नागरिकको मृत्यु


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सवारी दुर्घटनामा परी एक जना जर्मन नागरिकको मृत्यु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-३ फिल्सिङमा बिहीबार पिकअप गाडी र मोटरसाइकल ठोक्किँदा ६० वर्षीय जर्मन नागरिक मिचेल मेयर ओलवर्षलेबेनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अर्का एक विदेशी नागरिकसहित दुई जना घाइते भएका छन् । 

नारायणगढबाट काठमाडौं आउँदै गरेको  ना ४१ प ५४८ नम्बरको मोटरसाइकल र धादिङबाट मुग्लिनतर्फ जादै गरेको बागमती प्रदेश ०३–००१च १६८२  नम्बरको पिकअप गाडी ठोक्किएका थिए । मोटरसाइकलमा सवार एक विदेशी नागरिक र पिकअपमा सवार एक जना घाइते भएका छन् । 

मोटरसाइकल चालक जर्मनी नागरिकको मृत्यु भएको हो भने पछाडि सवार विदेशी महिला घाइते भएकी हुन् ।  घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  २ : १६ बजे

ह्वाइट हाउसनजिकै अफगान युवाले नेशनल गार्डलाई हाने गोली, दुईजना गम्भीर घाइते

वासिङ्टन डिसी- अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसनजिकै बुधबार दुई नेशनल

हङकङमा भीषण आगलागी, ४४ जनाको मृत्यु

हङकङ– हङकङको उत्तरी जिल्लास्थित आठ भवन भएको एक विशाल आवासीय

पोखरामै विश्वस्तरको आईटी शिक्षा दिने घोषणा, फिस्टेल माउण्टेन कलेजका यस्ता योजना

पोखरा – इन्नोभेट नेपाल ग्रुपफिस्टेल माउण्टेन कलेजमार्फत पोखरामै विश्वस्तरको सूचना

सुदूरपश्चिमको लामो संघर्षले लुम्बिनीको तेस्रो विकेट गुम्यो, आउट भए कप्तान रोहित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को बिहीबारको

कान्तिपथमा कारको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं– काठमाडौँको कान्तिपथमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ