सवारी दुर्घटनामा जर्मन नागरिकको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा जर्मन नागरिकको मृत्यु


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सवारी दुर्घटनामा परी एक जना जर्मन नागरिकको मृत्यु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-३ फिल्सिङमा बिहीबार पिकअप गाडी र मोटरसाइकल ठोक्किँदा ६० वर्षीय जर्मन नागरिक मिचेल मेयर ओलवर्षलेबेनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अर्का एक विदेशी नागरिकसहित दुई जना घाइते भएका छन् । 

नारायणगढबाट काठमाडौं आउँदै गरेको  ना ४१ प ५४८ नम्बरको मोटरसाइकल र धादिङबाट मुग्लिनतर्फ जादै गरेको बागमती प्रदेश ०३–००१च १६८२  नम्बरको पिकअप गाडी ठोक्किएका थिए । मोटरसाइकलमा सवार एक विदेशी नागरिक र पिकअपमा सवार एक जना घाइते भएका छन् । 

मोटरसाइकल चालक जर्मनी नागरिकको मृत्यु भएको हो भने पछाडि सवार विदेशी महिला घाइते भएकी हुन् ।  घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  २ : १६ बजे

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक