गहुँ खेतीका लागि आवश्यक मल अभाव « Khabarhub

गहुँ खेतीका लागि आवश्यक मल अभाव


२२ मंसिर २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– धानबाली भित्र्याइसकेका पर्साका किसानलाई अहिले गहुँ खेतीका लागि आवश्यक रासायनिक मल अभाव भएको छ । किसान यतिखेर गहुँ खेती गर्नका लागि आवश्यक पर्ने उन्नत जातको बीउ, रासायनिक मलको जोहो र खेतको सरसफाइ तथा जोताइँमा लागेका छन् । 

गहुँ छर्ने बेलामा आवश्यक पर्ने डिएपी रासायनिक मलको अभाव कायमै छ । सरकारले हरेक जिल्लाका लागि कोटा निर्धारण गरी कृषि सामग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङ कम्पनीलाई मल वितरणको जिम्मा दिएको थियो । कृषि सामग्री र साल्ट ट्रेडिङले कृषि सहकारी सङ्घमार्फत स्थानीय पालिकाको सिफारिसमा मल वितरण गर्दै आएको छ ।

 मल अभावका कारण किसानलाई वितरण गर्न नसकिएको सहकारी संस्थाले जनाएको छ । ‘हामीलाई उपलब्ध गराइएको परिमाणको मल किसानलाई बाँड्ने गरेका छौँ’, वीरगञ्ज महानगरपालिका-२८ स्थित यौङ्ग स्टार सहकारीका सञ्चालक हरिशङ्कर महतोले भने ।

गहुँबालीका लागि तत्काल आवश्यक रासायनिक मल नपाएकाले गहुँबाली लगाउन समस्या भएको किसानले गुनासो गरेका छन् । यसअघि भारतीय बजारबाट जेनतेन गरी मल ल्याउने गरेकामा अहिले भारतीय प्रहरीले ल्याउन नदिएको वीरगञ्ज-१६ का रामबालक चौरसिया बताउँछन् । मल मात्र होइन् किसानलाई गहुँको बीउसमेत अभाव भएको छ । 

यसैबीच पर्सा क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप यादवले वीरगञ्जस्थित क्षेत्रीय कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमा पुगी सहज रुपमा किसानलाई मल उपलब्ध गराउनेबारे छलफल गरेका छन् ।

त्यसैगरी पर्सा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य अजय चौरसियाले पनि पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, वीरगञ्जस्थित क्षेत्रीय कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङका कर्मचारीहरुसित मलको अवस्थाबारे जानकारी लिएका छन् ।  

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ३ : ०९ बजे

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर आत्मनिर्भर र नाफामूलक संस्था बनाउनुपर्छ : अध्यक्ष पण्डितको योजना

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई