नेपालद्वारा स्कटल्याण्डसामु जितका लागि १२० रनको चुनौती « Khabarhub

नेपालद्वारा स्कटल्याण्डसामु जितका लागि १२० रनको चुनौती


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आइसिसी विश्वकप क्रिकेट लिग-२ त्रिकोणात्मक एकदिवसीय सिरिजको चौथो तथा अन्तिम खेलमा नेपालले स्कटल्याण्डसामु जितका लागि एक सय २० रनको चुनौती प्रस्तुत गरेको छ । नामिबियाको युनाइटेड क्रिकेट मैदानमा आज टस जितेर पहिले ब्याटिङ गर्दै नेपालले ३५ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै ११९ रन मात्र बनायो । 

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४७ रनको योगदान दिए । उनले ५७ बल खेल्दै दुई छक्का र चार चौका प्रहार गरे । त्यसैगरी सोमपाल कामीले १६, ललित राजवंशीले ११ तथा दिपेन्द्रसिंह ऐरीले १४ रन बनाए । ज्ञानेन्द्र मल्लले नौ रन जोड्दा आरिफ शेखले छ तथा गुल्सन झाले पाँच रन बनाए । त्यस्तै आरिफ शेख एक रनमा आउट भए ।

बलिङतर्फ स्कटल्याण्डका ब्रान्डोन म्याकमुलेन, सफियान सारिफ र मार्क वाटले समान दुई दुई विकेट झारे । त्यस्तै कृस सोले, क्रिस्टोफर म्याकब्राइड र क्रिस ग्रेभ्सले समान एक एक विकेट लिए । जारी सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्ड सहभागी छन् । स्कटल्याण्डले केहीबेरमा नेपालविरुद्ध जबाफी ब्याटिङ थाल्दैछ ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  ४ : ५५ बजे

स्वर्णिमले बिजुलीमा भ्याट लगाए, अब विराजभक्तले महसुल घटाउँदै

काठमाडौं- चालु आर्थिक वर्षको बजेटमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिजुलीमा

वालेन्द्रको खोजी भएपछि रविको जवाफ : कुरा गरेको छु, अर्को बैठकदेखि आउनुहुन्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री एवम् संसदीय

निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न पूर्वआयुक्तहरूको सुझाव

काठमाडौं- पूर्वप्रमुख निर्वाचन आयुक्त तथा पूर्वनिर्वाचन आयुक्तहरूले बदलिँदो परिस्थितिअनुसार निर्वाचन विधि

रविले भने : केही मन्त्री र सांसदको तरिका ठिक छैन, मतदातासँग घमण्ड र रमिता नदेखाउनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री

बेनी सेक्युरिटिजलाई नेप्सेले गर्‍यो तीन दिनका लागि निलम्बन

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बानेश्वरमा कार्यालय रहेको बेनी