जुनार बिक्री गर्न किसानलाई भ्याइनभ्याइ « Khabarhub

जुनार बिक्री गर्न किसानलाई भ्याइनभ्याइ


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

कमलामाई– बारी र बगैँचामात्र होइन, सिन्धुलीका मुख्य चोक र बजार क्षेत्र पाकेका जुनारले पहेँलपुर भएका छन् । किसान र व्यापारीलाई जुनार किनबेच गर्न भ्याइनभ्याइ छ । गोलञ्जोर गाउँपालिका-५ खनियाखर्क बजारमा जुनार बिक्री गर्न किसानको घुँइचो नै लाग्ने गरेको छ । 

वीपी राजमार्ग सञ्चालनमा आएसँगै जुनारको कारोबारमा वृद्धि भएको व्यापारी सावित्रा थापामगरले जानकारी दिइन्। उनी  विगत १५ वर्षदेखि जुनार बेच्दै आएकी छिन् । ‘यहाँ सुन्तला कम बिक्री हुन्छ, जुनारको व्यापार गज्जब छ’, उनले भनिन्।

विगत वर्षमा भदौदेखि नै जुनार बेच्ने गरेकामा यसवर्ष स्थानीय तहले हरियो जुनार बेच्न रोक लगाएको थियो । कात्तिकदेखि मात्र पाकेको जुनार बजारमा बिक्री हुन थालेको हो । विभिन्न ठाउँ आवातजावत गर्ने यात्रु नै जुनारका मुख्य ग्राहक हुन् । ‘यहाँको जुनारलाई यात्रुले कोशेलीका रुपमा लैजाने गरेका छन्’, स्थानीय व्यापारी लक्ष्मी सापकोटाले भनिन्। एकैदिनमा रु ५० हजारसम्मको जुनार बिक्री हुने गरेको उनले बताइन् ।

किसानले कात्तिकदेखि जुनार बिक्री गर्न बजारमा ल्याउँछन् । शीत भण्डारमा राखेको जुनार वैशाखसम्म बेच्न सकिने सापकोटाले बताए । विगत १६ वर्षदेखि जुनार बेच्दै आएकी रत्नकुमारी मगरले विचौलियाले अन्यत्रको जुनारलाई सिन्धुलीको भनेर बिक्री गर्न थालेको गुनासो गरे । उनी जुनार बेचेर वर्षको एक लाख बचत गर्छिन् ।

खनियाखर्क बजार आसपासमा मात्रै तीस जनाभन्दा बढी जुनार व्यापारी र व्यवसायी छन् । जुनारको मूल्यमा भने एकरूपता छैन । मुख्य बजारमा व्यापारीले प्रतिकिलो ६५ देखि ७० सम्ममा किसानसँग खरिद गरी ८० देखि १२० सम्ममा जुनार बिक्री गर्दै आएका छन् । 

गोलञ्जर गापाउँपालिका-६ नाकाजोलीका नविन हायुले जुनार बेचेर यसवर्ष सात लाख २० हजार आम्दानी भएको बताए । उनको बगैँचामा एक हजार पाँच सय जुनारका बोट रहेका छन् । किसानको बगैँचामै गएर ठेकेदार र व्यापारीले जुनार खरिद गर्ने गरेका छन् । जुनार बोटमै ठेक्का लागेकाले बजारमा गएर बेच्नुपर्ने झन्झट छैन ।

जिल्लामा कोकाकोला र फेन्टाको विकल्पमा जुनारको जुस प्रयोग हुन थालेको छ । जुनारलाई प्रशोधन गरी बनाइएको जुस काठमाडौँ, जनकपुर, विराटनगरलगायत ठाउँमा बिक्रीका लागि लैजाने गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख रमेश हुमागाईँका अनुसार जिल्लामा एक हजार ३४५ हेक्टरमा जुनार खेती गरिँदै आएको छ ।

पूर्व पश्चिमसम्म फैलिएको महाभारत क्षेत्रमा जुनारको व्यवसायिक खेती गर्ने क्रम बढ्दै गएको उनले बताए। 

–राधिका बुढाथोकी रासस

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  ५ : ०५ बजे

लागूऔषध दुर्व्यसनी बढेको भन्दै सरोकारवाला चिन्तित

भेरीगंगा– कर्णालीमा लागूऔषध दुर्व्यसनी बढेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका

पाकिस्तानमा सवारी दुर्घटना हुँदा १८ जनाको मृत्यु

काठमाडौँ- उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भएको सवारी दुर्घटनामा परी

जग्गा बाँझो नराख्नेलाई नगरपालिकाद्वारा अनुदान

तनहुँ– भिमाद नगरपालिकाले बाँझो जग्गामा उत्पादन गर्नेलाई अनुदान उपलब्ध गराउने

शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा सुधार गरेर मात्र समृद्धि

राजनीतिमा रवि कच्चा खेलाडी हुन् जस्तो लाग्यो

काठमाडौँ : नेपाली राजनीति यतिबेला फरक दृश्यका साथ अगाडि बढिरहेको