आज २०८३ साल भदौ १३ गते शनिबारको राशिफल « Khabarhub

आज २०८३ साल भदौ १३ गते शनिबारको राशिफल


१३ भदौ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट २९ तारिख। भदौ कृष्ण पक्षको प्रतिपदा तिथि। गाईजात्रा (काठमाडौँ उपत्यका बिदा)/विश्व आणविक परिक्षण विरुद्धको दिवस।नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। गुम्न लागेको धन प्राप्त हुनेछ। व्यापार व्यवसायमा नाफा हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। आज घुमफिरको योग परेको छ।

वृष : दिन सामान्य राम्रो छ। मन प्रशन्न रहनेछ। विपक्षीमाथि विजयी प्राप्त हुनेछ। पराक्रम बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। परिवारको साथ र सहयोग मिल्नेछ।

मिथुन : दिन सामान्य छ। मन अशान्त बन्नेछ। शत्रु बढ्नेछन्। परिवारको सल्लाह लिएर अघि बढ्नु फलदायी हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

कर्कट : दिन राम्रो छ। आज नयाँ लुगा लगाउने अवसर प्राप्त हुनेछ। आफन्तबाट सहयोग मिल्नेछ। :वा:थ्यले साथ दिनेछ। शत्रुमाथि विजय प्राप्त हुने योग रहेको छ। परिवारको साथमा रमाइलो गर्ने योग छ।

सिंह : दिन सामान्य छ। सोचेर मात्र बोल्नुपर्ने दिन छ । व्यापार व्यवसायमा घाटा हुने जोखिम छ। मनमा चिन्ता थपिनेछ। काम गर्दा तीन पटक सोचेर निर्णय गर्नु उचित हुन्छ।

कन्या : दिन राम्रो छ। आम्दानी बढ्ने छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। आज तपाईंको प्रशंसा गर्ने बढ्नेछन्। सामाजिक कामले सम्मान मिल्नेछ। प्रेम सम्बन्धमा सुधार बन्नेछ।

तुला : मन प्रशन्न रहनेछ। बौद्धिक व्यक्तित्वसँगको भेटले नयाँ योजना बन्नेछन्। नयाँनयाँ ठाउँ घुम्ने अवसर मिल्नेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

वृश्चिक : शुभ दिन छ । आम्दानी हुनेछ । रोजगारीको अवसर प्राप्त मिल्नेछ । साथीभाइसँगको भेटले नयाँ योजना बन्नेछन् । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट सामान्य सुधार हुनेछ। पारिवारिक मेलमिलाप छ।

धनु : दिन राम्रो छ। व्यापार व्यवसायमा फाइदा हुनेछ। मिष्ठान्न भोजन हुनेछ। परिवारमा मेलमिलाप हुनेछ। तपाईंलाई साथ दिनेको सङ्ख्या बढ्नेछ। मिहिनेतले सफलता प्राप्त होला।

मकर : दिन राम्रो छ। धनलक्ष्मी योग छ। डुब्न लागेको सम्पत्ति हात लाग्नेछ। आजको दिन कार्यक्षेत्रमा बढुवा हुने सम्भावना छ। शिक्षाको क्षेत्रमा भने आलश्य बढ्नेछ।

कुम्भ : दिन सामान्य छ। साना कुराले धेरै रिस उठ्नेछ। झुठा आरोप लाग्न सक्छन्। धार्मिक कार्यमा सहभागी भएर गरेको काम सफल बन्नेछ। मिहिनेतको फल प्राप्त होला।

मीन : काममा बाधा हुनेछ। पश्चिमको एकल यात्रामा नजानु उपयुक्त हुन्छ। प्रेम सम्बन्धमा अवरोध आइपर्ने जोखिम छ। परिवारबाट असहयोग हुनेछ। व्यवहार गर्दा सोचेर अगाडि बढ्नु उचित हुन्छ।

प्रकाशित मिति : १३ भदौ २०८३, शनिबार  ५ : ४३ बजे

इनम सापकोटासँग चिनजान, सम्पर्क र संलग्नता छैन : प्रधानन्यायाधीश शर्मा

काठमाडौं- प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले बिचौलिया भनिएका इनम सापकोटासँग आफ्नो

विश्वप्रकाशको आग्रह : कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढौँ

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसभन्दा पहिले देश

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छ : मन्त्री तिमिल्सिना

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रतालाई अक्षुण्ण

कर्णालीले जित्यो टस, पहिलो फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा कर्णाली याक्सले

पाकिस्तानमा एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट, आठको मृत्यु

एजेन्सी– पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बुधबार राति एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर