एकीकृत प्रजनन स्वास्थ्य शिविरबाट महिला लाभान्वित « Khabarhub

एकीकृत प्रजनन स्वास्थ्य शिविरबाट महिला लाभान्वित


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्लाहीको बयलवासमा तीनदिने एकीकृत प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको छ । मङ्सिर २० गतेदेखि ईश्वरपुर नगरपालिका–६ बयलबासस्थित नगर अस्पतालमा भएको परिवार नियोजन बन्ध्याकरण घुम्ती तथा एकीकृत प्रजनन स्वास्थ्य शिविरमा एक सय ९३ जना महिलाले लाभ लिएका छन् ।

ईश्वरपुर नगरपालिका–६ बयलबासस्थित नगर अस्पतालमा ईश्वरपुर नगरपालिकाको आयोजना तथा नगर अस्पताल बयलबासको समन्वयमा परिवार नियोजन बन्ध्याकरण घुम्ती तथा एकीकृत प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको नगर प्रमुख मनोजकुमार आचार्यले जानकारी दिए ।

उनले नागरिकको स्वास्थ्य, शिक्षा, दैनिक जीविकोपार्जनमा पहुँच नपुगेसम्म मुलुकको वास्तविक विकास नहुने बताए । मङ्सिर २० गते मङ्गलबारदेखि सुरु भएको तीनदिने परिवार नियोजन बन्ध्याकरण घुम्ती तथा एकीकृत प्रजनन स्वास्थ्य शिविरमा मिनिल्याप, भ्यासेक्टोमी र पाठेघर खस्नेलगायतका सेवा सञ्चालन गरिएको ईश्वरपुर नगर स्वास्थ्य शाखा संयोजक सुरेन्द्र महतोले बताए।

उनका अनुसार शिविरमा मिनिल्याप एक सय सात जना र पाठेघर खस्ने समस्याका ८६ जना महिलाको उपचार गरिएको छ । तीमध्ये दुई जनाको पाठेघरको शल्यक्रिया नै गर्नुपर्ने समस्या देखिएको र बाँकी ८४ जनाको सामान्य औषधि प्रयोगबाट नै समस्या समाधान हुने देखिएको नगर स्वास्थ्य संयोजक महतोले बताए ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  १० : ५३ बजे

दुई विधेयकसहित एक दर्जन प्रस्ताव स्वीकृत

काठमाडौँ – बाँकेको कोहलपुर नगरपालिकाको १२औँ नगरसभाले दुई वटा विधेयकसहित

बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

स्याङ्जा – स्याङ्जाको पुतलीबजार ११ करेण्डाँडामा बसको ठक्करबाट आज साँझ

खाद्य सङ्कट समाधानमा नेपालको विविधता अवसर हो : मन्त्री पौड्याल

काठमाडौँ – परराष्ट्र मन्त्री डा विमला राई पौड्यालले खाद्य सङ्कट

भक्तपुरमा एटीएम फोड्न खोज्ने एक जना पक्राउ

भक्तपुर – प्रहरीले एटीएम फोडेर पैसा झिक्न खोज्ने एकजनालाई शुक्रबार

भारतद्वारा १७ जना पाकिस्तानी बन्दी रिहा

काठमाडौँ- भारतले जेल सजाय पूरा गरेका १७ जना पाकिस्तानी नागरिकलाई