एकीकृत प्रजनन स्वास्थ्य शिविरबाट महिला लाभान्वित « Khabarhub

एकीकृत प्रजनन स्वास्थ्य शिविरबाट महिला लाभान्वित


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्लाहीको बयलवासमा तीनदिने एकीकृत प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको छ । मङ्सिर २० गतेदेखि ईश्वरपुर नगरपालिका–६ बयलबासस्थित नगर अस्पतालमा भएको परिवार नियोजन बन्ध्याकरण घुम्ती तथा एकीकृत प्रजनन स्वास्थ्य शिविरमा एक सय ९३ जना महिलाले लाभ लिएका छन् ।

ईश्वरपुर नगरपालिका–६ बयलबासस्थित नगर अस्पतालमा ईश्वरपुर नगरपालिकाको आयोजना तथा नगर अस्पताल बयलबासको समन्वयमा परिवार नियोजन बन्ध्याकरण घुम्ती तथा एकीकृत प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको नगर प्रमुख मनोजकुमार आचार्यले जानकारी दिए ।

उनले नागरिकको स्वास्थ्य, शिक्षा, दैनिक जीविकोपार्जनमा पहुँच नपुगेसम्म मुलुकको वास्तविक विकास नहुने बताए । मङ्सिर २० गते मङ्गलबारदेखि सुरु भएको तीनदिने परिवार नियोजन बन्ध्याकरण घुम्ती तथा एकीकृत प्रजनन स्वास्थ्य शिविरमा मिनिल्याप, भ्यासेक्टोमी र पाठेघर खस्नेलगायतका सेवा सञ्चालन गरिएको ईश्वरपुर नगर स्वास्थ्य शाखा संयोजक सुरेन्द्र महतोले बताए।

उनका अनुसार शिविरमा मिनिल्याप एक सय सात जना र पाठेघर खस्ने समस्याका ८६ जना महिलाको उपचार गरिएको छ । तीमध्ये दुई जनाको पाठेघरको शल्यक्रिया नै गर्नुपर्ने समस्या देखिएको र बाँकी ८४ जनाको सामान्य औषधि प्रयोगबाट नै समस्या समाधान हुने देखिएको नगर स्वास्थ्य संयोजक महतोले बताए ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  १० : ५३ बजे

एसिसी यु-१९ प्रिमियर कपमा नेपाल उपविजेता : दयानन्द मण्डलले लिए ६ विकेट

काठमाडौं – एसिसी पुरुष यु-१९ प्रिमियर कप क्रिकेटको उपाधि जित्न

एनपीएलमा आज चितवन र जनकपुर, पोखरा र कर्णाली भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल मंसिर १६ गते मंगलबार तदनुसार

आज २०८२ साल मंसिर १६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १६ गते मंगलबार तदनुसार