समाचार

विश्वभर २४ घण्टामा थपिए २० लाख ८५ हजार कोरोना संक्रमित

By खबरहब

January 09, 2022

काठमाडौ– विश्वभर पछिल्लो २४ घण्टामा २० लाख ८५ हजार ५४० जना कोरोना संक्रमित थपिएका छन् ।

थपिनेमा अमेरिकामा ३ लाख ६४ हजार, फ्रान्समा ३ लाख ३ हजार, इटलीमा एक लाख ९७ हजार, बेलायतमा एक ला ४७ हजार, अर्जेन्टिनामा एक लाख एक हजार छन् ।

यही अवधिमा ५ लाख ७५ हजार ९४५ संक्रमणमुक्त भएका छन् भने ४ हजार ७०१ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुसमा ७९६, अमेरिकामा ६०१, बेलायतमा ३१३, पोल्याण्डमा २९२, फिलिपिन्समा २६५, इटलीमा १८४, मेक्सीकोमा १६८, जर्मनीमा १६१, फ्रान्समा १४२, टर्कीमा १४१, साउद अफ्रिाकामा ११९ र ब्राजिलमा १०३ जना रहेका छन् ।

कोरोनामुक्त हुनेमा बेलायतमा ५३ हजार, इटलीमा ५२ हजार, फ्रान्समा ४८ हजार, अमेरिकामा ३५ हजार, टर्कीमा ३४ हजार, जर्मनीमा २७ हजार र रुसमा २० हजार रहेका छन् ।