बार्सिलोना रोकियो, रियललाई आठ अंकको अग्रता « Khabarhub

बार्सिलोना रोकियो, रियललाई आठ अंकको अग्रता


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगामा शनिबार राति भएको खेलमा बार्सिलोना ग्रानडासँग रोकिँदा रियल मड्रिडले भ्यालेन्सियाविरुद्ध सहज जित निकालेको छ।

१० खेलाडीमा सीमित भ्रमणकारी टोली बार्सिलोना ग्रानडासँग १–१ को बराबरीमा रोकिन पुग्यो । ड्यानी आल्भेसले २०१६ यता पुनः दोस्रो पटक डेब्यू गरेको खेलमा १–० को अग्रता जोगाउन नसक्दा बार्सिलोना अंक बाँड्न बाध्य भयो ।

खेलको ५७औं मिनेटमा लुक डि जङले डानी अल्भेसको पास सदुपयोग गर्दै गोल गरे । ७९ मिनेटमा गाभीले दोहोरो पहेँलोसहित रातो कार्ड बेहोर्दा क्याटलान क्लब बार्सिलोना १० खेलाडीमा सीमित भयो ।

खेल सकिन १ मिनेटअघि एन्टोनियो पुएर्टासले गोल गर्दै घरेलु टोली ग्रानडालाई हारबाट बचाए । बराबरीसँगै बार्सिलोना २० खेलबाट ३२ अंकसहित छैठौं स्थानमा छ । ग्रानडा समान खेलबाट २४ अंक सहित १२ औं स्थानमा छ ।

राति नै भएको अर्काे खेलमा शीर्षस्थानको रियल मड्रिडले घरेलु मैदानमा भ्यालेन्सियालाई ४–१ अन्तरले पराजित गर्‍यो । सहज जित निकाल्ने क्रममा रियलका लागि करिम बेन्जेमा र भिनिसिउस जुनियरले समान २ गोल गरे । भ्यालेन्सयाका गोनकालो गुडेसले सान्त्वना गोल फर्काए ।

खेलको ४३औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै बेन्जेमाले टोलीलाई अग्रता दिलाए । ५२ औं मिनेटमा भिनिसिउसले २–० बनाए । ६१ औं मिनेटमा भिनिसिउसले ब्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गरे । गोनकालोले ७६ औं मिनेटमा गोल गर्दै अग्रतालाई ३–१ मा झारे । तर बेन्जेमाले पुनः ८८ औं मिनेटमा गोल गर्दै रियलले सिजनको १५ औं जित पायो ।

जितपछि २१ खेलबाट ४९ अंक जोडेको रियलले शीर्षस्थानमा आठ अंकको अग्रता बनाएको छ । दोस्रो स्थानको सेभिल्लाले एक खेल कम खेल्दै ४१ अंक जोडेको छ । पराजित भ्यालेन्सिया भने २० खेलबाट २८ अंक जोडेर नवौं स्थानमा छ ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ७ : ३२ बजे

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने

तोडियो चुनावअघि गठबन्धन गर्ने दलहरूको परम्परा

काठमाडौं – दलहरुबीच चुनावअघि नै गठबन्धन गर्ने परम्परा यसपटक उल्टिएको

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन