बार्सिलोना रोकियो, रियललाई आठ अंकको अग्रता « Khabarhub

बार्सिलोना रोकियो, रियललाई आठ अंकको अग्रता


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगामा शनिबार राति भएको खेलमा बार्सिलोना ग्रानडासँग रोकिँदा रियल मड्रिडले भ्यालेन्सियाविरुद्ध सहज जित निकालेको छ।

१० खेलाडीमा सीमित भ्रमणकारी टोली बार्सिलोना ग्रानडासँग १–१ को बराबरीमा रोकिन पुग्यो । ड्यानी आल्भेसले २०१६ यता पुनः दोस्रो पटक डेब्यू गरेको खेलमा १–० को अग्रता जोगाउन नसक्दा बार्सिलोना अंक बाँड्न बाध्य भयो ।

खेलको ५७औं मिनेटमा लुक डि जङले डानी अल्भेसको पास सदुपयोग गर्दै गोल गरे । ७९ मिनेटमा गाभीले दोहोरो पहेँलोसहित रातो कार्ड बेहोर्दा क्याटलान क्लब बार्सिलोना १० खेलाडीमा सीमित भयो ।

खेल सकिन १ मिनेटअघि एन्टोनियो पुएर्टासले गोल गर्दै घरेलु टोली ग्रानडालाई हारबाट बचाए । बराबरीसँगै बार्सिलोना २० खेलबाट ३२ अंकसहित छैठौं स्थानमा छ । ग्रानडा समान खेलबाट २४ अंक सहित १२ औं स्थानमा छ ।

राति नै भएको अर्काे खेलमा शीर्षस्थानको रियल मड्रिडले घरेलु मैदानमा भ्यालेन्सियालाई ४–१ अन्तरले पराजित गर्‍यो । सहज जित निकाल्ने क्रममा रियलका लागि करिम बेन्जेमा र भिनिसिउस जुनियरले समान २ गोल गरे । भ्यालेन्सयाका गोनकालो गुडेसले सान्त्वना गोल फर्काए ।

खेलको ४३औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै बेन्जेमाले टोलीलाई अग्रता दिलाए । ५२ औं मिनेटमा भिनिसिउसले २–० बनाए । ६१ औं मिनेटमा भिनिसिउसले ब्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गरे । गोनकालोले ७६ औं मिनेटमा गोल गर्दै अग्रतालाई ३–१ मा झारे । तर बेन्जेमाले पुनः ८८ औं मिनेटमा गोल गर्दै रियलले सिजनको १५ औं जित पायो ।

जितपछि २१ खेलबाट ४९ अंक जोडेको रियलले शीर्षस्थानमा आठ अंकको अग्रता बनाएको छ । दोस्रो स्थानको सेभिल्लाले एक खेल कम खेल्दै ४१ अंक जोडेको छ । पराजित भ्यालेन्सिया भने २० खेलबाट २८ अंक जोडेर नवौं स्थानमा छ ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ७ : ३२ बजे

टी–२० विश्वकपबाट बाहिरियो अष्ट्रेलिया

काठमाडौं– अष्ट्रेलिया आईसीसी टी–२० विश्वकपबाट बाहिरिएको छ। जिम्बाब्वे र आयरल्यान्ड

काठमाडौं-तराई द्रुतमार्ग : खोकनाको विकल्प खोज्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराई-मधेस द्रुतमार्गको प्रस्थान विन्दु खोकनाको विवाद

टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका १९ सान्नानटारमा आज दिउँसो

छिन्नभिन्न कोशीका पहिचानवादी : सडकको मोर्चामा एकजुट हुनेहरू जनमतमा सधैँ चुक्छन्

काठमाडौं- पूर्वी नेपालमा दुई दशकभन्दा अघिदेखि पहिचानको मुद्दा उठिरहेको छ