भक्तपुरमा महिला सङ्घ (समाजवादी) को जिल्ला कमिटी गठन « Khabarhub

भक्तपुरमा महिला सङ्घ (समाजवादी) को जिल्ला कमिटी गठन


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला सङ्घ (समाजवादी) भक्तपुरको प्रथम जिल्ला भेलाले रीतु चित्रकारका अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

कमिटीका उपाध्यक्षमा शोभा श्रेष्ठ, कल्पना दाहाल, सचिवमा मञ्जु आचार्य, उपसचिवमा ज्योति लामिछाने चयन भएको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतले जानकारी दिए।

भेलाले जिल्लाका चारवटै भक्तपुर, मध्यपुर, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा अखिल नेपाल महिला सङ्घ (समाजवादी) को नगर कमिटीसमेत गठन गरेको छ । तीमध्ये भक्तपुरमा उमाकुमारी श्रेष्ठ र कविता चौगुठी, मध्यपुरमा सुनिता रानाभाट र चन्द्रकला पौडेल, सूर्यविनायकमा कल्पना केसी र कल्पना सुवाल, चाँगुनारायणमा शान्ति खड्का र सुलोचना सुवेदी क्रमशः अध्यक्ष र सचिवमा चयन भएका छन्।

नेकपा ( एकीकृत समाजवदी) भक्तपुरका महिला नेत्रृ रीता अवालका सभापतित्वमा सम्पन्न भेलालाई नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य बागमती प्रदेश कमिटीका अध्यक्ष एवं अखिल नेपाल महिला सङ्घका उपाध्यक्ष सावित्रा भुसाल, एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य डा राजेन्द्रमान श्रेष्ठ, केन्द्रीय सदस्य तथा भक्तपुर इन्चार्ज ध्रुवराज विष्ट, केन्द्रीय सदस्य तथा भक्तपुर सहइन्चार्ज सुशीला सुवेदी, भक्तपुर जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतलगायतले महिला अधिकार सुनिश्चितका लागि महिला लाग्नुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ८ : २९ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना